३० जेठ, काठमाण्डौँ । केन्याको राजधानी नैरोबीमा सात तले भवन भत्किँदा १५ जना पुरिएका छन् । नैरोबीको पूर्वी क्षेत्रमा रहेको भवन भत्किएको हो ।

केन्याको रेड क्रसले भत्किएको भवनमा फसेका मानिसको उद्धारका लागि उद्धारकर्मी खटिएको जनाएको छ ।

भवन भत्किए लगतै धेरै मानिसलाई उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यसअघि नैरोबीमा गएको अप्रिलमा एक भवन भत्किँदा ४९ जनाको ज्यान गएको थियो ।

प्रतिकृया

प्रतिकृया