३१ जेठ, रौतहट । राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । राजपा कार्यकर्ताहरुले एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका छन् ।

हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडी आज बिहान फर्किने बेलामा राजपा कार्यकर्ताहरुको निशानामा परेको हो ।

आम हडतालको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले ना ३ ख ५६२२ नम्बरको खाली गाडीलाई गौरको कबिर चोकमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । खालि गाडि बसपार्कमा राख्न लाने क्रममा तोडफोड भएको बसका कर्मचारीले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया