मलाई गर्व छ नेपाली हुनुमा । देश रहे हामी सबै रहन्छौं । त्यसैले प्रत्येक नागरिक नेपाली हुन् । नेपाल लाई माया गर्ने सम्पूर्णले अहिले बिखन्डन लाई बढाबा दिने शक्ति चुर्मुराई रहेको अबस्थामा देश बचाउने हामी सबैको दायीत्व हो । हुन त यो यथार्त हो मधेसीहरु बर्सौं देखि अधिकार र अवसर बाट बन्चित बन्दै अएका छन् ।

मधेसी जनताहरुले समान अधिकार र अवसर पाउनु पर्छ 
मधेश आन्दोलन को सुरुवात पनि यसकै लागि सुरु भयो । बिगतमा मधेशमा बिद्रोह भए रहँदा यही राजपामा रहेका अनुहारहरु राजा ज्ञानेन्द्रको सरकारमा थिए । मधेश आन्दोलनका दौरान ५० भन्दा बढी सहिद भए त्यति बेला कहाँ हराएको थियो यीनीहरुको मधेश मोह ? अहिलेको अबस्थामा संबिधान संसोधन गर्न सदनमा संख्या पुग्दैन त्यसैले निर्बाचन मार्फत जनताको म्यान्डेड लिएर सदनमा संख्या पुराई संसोधन सम्भब छ । सोझा मधेसी जनतालाई भ्रम मा राखेर उनीहरुकै मतदान गर्ने अधिकार कुण्ठित पार्ने खेल भई रहेको छ । सडक आन्दोलन ले मात्र अधिकार को प्राप्ति हुने होईन त्यो सदन बाट मात्र सम्भब छ ।

मधेश आन्दोलन सुरुवात गरेको मधेसी जनाधिकार फोरम संघर्षमा रहँदा यही राजपाका अनुहारहरु सरकारमा थिए । मधेसी जनताले यो बुझ्न जरुरि छ कि संबिधान संसोधन सदन बाट मात्रै सम्भब छ । त्यसको लागि जनताले खुलेर मतदान गरि मधेसी दललाई सदनमा पुराउन जरुरि हुन्छ । मधेसी जनता र सहिदको सम्मान तब हुन्छ जब मधेसी जनता अधिकार सम्पन्न हुन्छन् तब हुन्छ जब मधेश एक अब्बल प्रदेश बन्छ । अहिले उपेन्द्र यादव र विजय कुमार गच्छदारको सामाजिक संजालहरुमा अत्याधीक आलोचना देख्न सकिन्छ तर यो सब कुरा मनन गर्न जरुरि छ उनीहरु ले मधेश र समग्र राष्ट्र को अवस्था राम्ररी बुझेका छन् ।
उनीहरु कुनै बिशेष क्षेत्र र समुदायका लागि मात्र राजनीति गर्दैनन्   । समग्र देशको बारेमा सोच्ने नेता हुन् ।

‘पहिला देश रहे मधेश रहन्छ’

मधेसी जनताले बर्सौं देखि गरेको संगर्ष र बलिदान ले प्राप्त उपलब्धि हरु पनि गुम्ने खतरा देखिएको छ । खाली भावनात्मक राजनीति गरेर र जनतालाई सहिद बनाएर मात्रै अधिकार सम्पन्न बनाउन सकिन्न । देश बिखन्डनको कुरा गर्ने अवस्था अहिले छैन । मुद्दा मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने हो, त्यो निश्चित पनि सम्भब छ । त्यसको लागि देश नै बिखन्डन गर्ने सोच्नु देश र जनता प्रति धोका हो । पटक पटक को आन्दोलन र आम हड्ताल ले जनता आजित भैसकेका छन् । राजनैतिक दलको दायित्व जनता लाई उचित र सम्रिध जिबन दिनु हो न कि जनताको सहादत लिनु ।

मूल कुरो के हो भने मधेसी जनताले आफ्नो मताधिकार को प्रयोग गरि आफ्ना जनप्रतिनिधि लाई अत्यधिक संख्यामा सदनमा पुराउनु हो । त्यसको लागि मुलुकमा निर्बाचन हुन जरुरि छ । जसरि राजपाले निर्बाचन बिथोल्ने क्रियापलाप गर्दैछ यसले अहिले सम्म प्राप्त उपलब्धि पनि गुम्ने खतरा देखिएको छ। मधेसी जनताले बुझ्न जरुरि छ जसरी सतापक्ष ले बिगतमा बुलेटको राजनीति गरे अब मधेसी जनताले यो अवसर लाई प्रयोग गर्दै ब्यालेट बाट जवाफ दिनु पर्छ । कुनै पनि देशको लोकतन्त्र र स्वतन्त्रता बुलेटको राजनीतिले सम्भब भएको छैन अन्तिममा ब्यालेटबाट लोकतन्त्र को रक्षा हुने हो ।

मेरो अपिल छ, मधेशका प्रतेक सचेत जनतासँग अब धेरै भयो मधेसीले ज्यान गुमाए, धेरै टुहुरा भए, धेरै बिधुवा भए । आउनुहोस् अब सबै मिलि आफ्नो मताधिकारको प्रयोग गरौँ र सहि मधेश केन्द्रित दल लाई अत्याधिक मतले विजय गराऔँ । त्यसपछि हेरौंला कसले रोक्दा रहेछन् मधेसी जनताको अधिकार र अवसर ।

नेपालको राजनीतिमा एक परिचित पात्र हुन् विजय कुमार गच्छदार
आजकल उनको अलि बढी नै आलोचना भएको देखिन्छ सामाजिक सन्जाल्हारुमा तर यथार्त यो होईन । यो सब भ्रम फैलाउनमा राजपाको अहम भूमिका छ । उहाँले जतिको काम मधेस का कुनै नेताले गरेका छैनन् । उहाँले गर्नु भएको मधेशमा बिकाश निर्माण अतुलनिय छ ।
नेपालको राजनीतिमा सदैब सृजनात्मक भूमिका खेल्दै आउनु भएका उनले अहिलेको संबिधान निर्माणमा ऐतिहासिक भूमिका खेल्नु भयो । तिन ठुला दलका नेताहरु तिन तिर मुख फर्काएर बसेका बेला सबैलाई एकै ठाउँमा ल्याएर ८ बुंदे सहमति गराई देशलाई नया संबिधान दिलाउन सफल हुनुभयो ।

पटक पटक भौतिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मधेशमा सयौं विकास निर्माणका परियोजनाहरु सुरुवात गराउनुभयो । बिगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा स्थानीय विकास मन्त्रालय सम्हाले लगतै मधेशमा २२ स्थानीय तह थप र बिरगंज अनि बिराटनगर लाई महानगर पालिका बनाउन सफल हुनुभयो ।

मधेशका लागि उहाँले यस्ता काम गरे जुन अहिलेसम्म कसैबाट सम्भब थिएन । उनले जहिले पनि विकास निर्माण को कार्य लाई प्राथमिकता राख्नु भयो । त्यसैले वहांको योगदानलाई मधेशका जनताले नकार्न सक्दैनन् । उहाँ सुरुवात देखि नै मधेशको अधिकार सडक आन्दोलनले मात्र सम्भब नभएको र यसको निकाश केवल सदन बाट हुनेमा बिस्वस्त हुनु हुन्थ्यो ।

मधेशले अहिले यो एेतिहासिक अवसर पाएको छ । यसको सहि सदुपयोग गरि मधेसी जनताले सहि निर्णय लिने समय आएको छ । मलाई पूर्ण विश्वास छ मधेसी जनताले यस पटकको निर्बाचनमा फोरम लोकन्त्रिक नेपाललाई अत्यधिक मत ले बिजय गर्ने छन् ।
मधेसी जनता भावनात्मक मात्रै नभई अझ बढी गम्भीर र सचेत भई प्रस्तुत हुन जरुरि छ । हिमाली, पहाडी, मधेसी सबै नेपाली हुन् र सबैको साझा दायित्व हो देशको रक्षा गर्नु । आशा छ मेरो यो लेखले केहि हद सम्म मधेसी जनतामा ब्याप्त भ्रम चिर्नमा मदत गर्ने छ ।

मलाई पूर्ण विश्वास छ मधेसी जनता सच्चा देशभक्त हुन् र उनीहरुले दृढताका का साथ विखण्डनकारी शक्तिहरु लाई परास्त गर्नेछन ।
‘आऔँ सबै मिलि नेपाललाई सबैको साझा प्रगतिशील राष्ट्र बनाउन ।’
-सौगेन्द्र मण्डल
केन्द्रीय उपाध्यक्ष
फोरम लोकतान्त्रिक विद्यार्थी संगठन 

प्रतिकृया

प्रतिकृया