४ असार, काठमाण्डौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा एकअर्को टिमका बारेमा नकारात्मक कुरा गरेर समय फाल्न नहुने बताएका छन् ।

भारतले आइतबार च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानसँग खेल्दैछ । यो विषयलाई लिएर भारत र पाकिस्तानका समर्थकबिच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ ।

भारतीय कप्तान विराटले सामाजिक सञ्जालमा आउने नराकारात्मक कुरालाई आफूले वास्ता नगर्ने र अरुले पनि नकारात्मक कुरा गरेर समय फाल्न नहुने बताए ।

फेसबुक, ट्वीटर र इन्स्टाग्राम गरी सामाजिक सञ्जालमा विराटका ६ करोड ५६ लाख फलोअर्स छन् । भारत र पाकिस्तानबिचको फाइनल खेल बेलायतको ओभलमा दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।

प्रतिकृया

प्रतिकृया