१० असार,काठमाडौँ । नेकपा एमालेका नेता तथा राजेन्द्र पाण्डेले नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेको नेपालले सांसदहरुले झुक्याएर मिलेमतोमा मुद्धा परेको जग्गालाई मिलाएर ५२ करोड ऋण लिएको भन्ने समाचार कपालकल्पित र भ्रामक रहेको बताएका छन ।

उनले २०६६ सालदेखी नै सहकारीले ऋण लिएको भन्दै उनले १ अर्व ५२ करोड रुपैया ६७ सालअघि नै लिएको बताए । उनले समाचारमा आएको सर्वोच्चसंग जोडेर आएको जग्गा ७२ साल २९ गते किनेको जग्गालाई लिएर बनाइएको समाचार कतैबाट निर्देशित र पत्रकारिताको धर्म विपरित भएको दावी गरे ।

सहकारीले जारी गर्यो विज्ञप्ती

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेको नेपालले केही दिन अघि केही सञ्चारमाध्याममा आएको समाचारप्रति गम्भिर असन्तुष्टि जनाउदै विज्ञप्ती निकालेको छ ।

सहकारीले सत्यता भन्दा विपरित समाचार भन्दै बास्तविकता बुझेर मात्र यर्थाथ कुराको सुचना दिनु पत्रकारिताको मुलधर्म भएको भन्दै झटा आरोप र लञ्छना लगाउदै पुर्वाग्रही ढंगको समाचारमा विश्वास नगर्न आम सरोकारलाई अनुरोध गरिन्छ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया

प्रतिकृया