१३ असार,कास्की । लगातार ठूलो वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा पहिरोले एउटा घर पुरिएको छ । सोमबार राति १ बजेतिर गएको पहिरोका कारण कास्कीकोटको वनपाले भन्ने ठाउँमा स्थानीय डिल्लीराम सुवेदीको घर पुरिएको हो ।

घर पुरिएपछि घरमा सुतिरहेका ४ जना मध्ये डिल्लीराम सुवेदी घाइते भएका छन । सुतिरहेको अवस्थामा पहिरो गएको र श्रीमती, छोरा र छोरी भने सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ । पहिरो आएपछि सुवेदी र उनको परिवारले भागेर ज्यान जोगाएको छ ।

पहिरोमा घर परेपछि उहाँका श्रीमती र छोराछोरी अहिले छिमेकीको घरमा बसेका छन् । घर पुरिएपछि घरमा रहेको अन्नबाली, लत्ता कपडा नष्ट भएको छ । पहिरोका कारण घाइते डिल्लीरामलाई अस्पताल लगिएको छ । यस्तै पोखरा लेखनाथ महानगरपालिका ३३ नम्बरको सिसुवा क्षेत्रमा वालुवा उठाउन गएको ट्याक्टरलाई पनि बाढीले बगाएको छ ।

आफूहरु भने भागेर बाँचन सफल भएको ट्याक्टर धनी नारायणप्रसाद तिवारीले बताए । यस्तै कास्की र पर्वतको सीमा नजिक पर्ने नयाँ पुल नजिक पहिरोले सडक भाँसिदा एकतर्फी रुपमा मात्र गाडी चलेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया