२१ असार,नुवाकोट । नेपालमा नेता बन्ने राजनीतिमा आफ्नो भबिस्य बनाउने र रास्ट्र प्रेममा लाग्न चाहनेहरुको भिड छ । राजनीति लाग्न चाहने हरुले आफ्नो व्यक्तित्व बिकाश गर्नु अत्यन्तै जरुरी छ ।
नेताहरुले भाषण गरेको सुन्न लाई थुप्रो भिड लाग्छ त्यो भिड लाइ कसरि आफ्नो पक्षमा पर्ने र धेरै भन्दा धेरै कसरि राम्रो बोल्ने भन्ने बोल्ने बक्ताले ध्यान पुर्याउनु अत्यन्तै जरुरी छ । पहिले पहिले भाषण सम्बन्धि तालिम लिने कुनै ठाउँहरु पाउन मुस्किल थियो ।

आजकल धेरै ठाउंमा भाषण सिकाउने ठाउंहरु खुलेका छन् र सिक्ने मान्छेहरुको पनि भिड नै लाग्न थालेको छ । करिब १६ बर्ष देखि मिडियामा काम गर्दै र विभिन्न तालिमहरु संचालन गर्दै आइ रहेका व्यक्ति हुन् भागिरथ पोखरेल उनले हाल सम्म करिब २००० जना लाइ तालिम प्रदान गरि सकेका छन् ।

अहिले उनि भाषण कला र व्यक्तित्व बिकाश सम्बन्धि तालिम दिनमा व्यस्त छन् । बागबजारमा रहेको उनको इन्स्टिच्युटमा बिद्यार्थी हरुको लाइन नै लाग्ने गर्दछ पुराना र अनुभवी भईकन बिद्यार्थी हरुको चाहना अनुसारको प्रसिक्षण दिन सक्ने खुबी उनमा रहेको छ ।

प्रतिकृया

प्रतिकृया