२२ असार,सुनसरी । इटहरी उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले १७ हजार १ सय ८७ मत ल्याएर अग्रता कायम राखेका हुन ।

उनलाई नेपाली कांग्रेसका मेयरका उम्मेदवार रोहितप्रसाद प्रसाईले १५ हजार ६ सय ५३ मतका साथ पछ्याई रहेका छन । त्यस्तै उपमेयरमा पनि एमालेले अग्रता कायम राखेको छ ।

एमालेकी मेयरकी उम्मेदवार लक्ष्मीकुमारी गौतमले १७ हजार १ सय ८७ मत ल्याएर अग्रता कायम राखेका छन । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार विमला सिवाकोटीले १५ हजार ६ सय ५३ मतसहित पछ्याई रहेका छन ।

प्रतिकृया

प्रतिकृया