२४ असार, काठमाण्डौँ । नेपाल टेलिकमले अहिले संचालनमा रहेका सम्पूर्ण ल्याण्डलाइन फोनको स्तरोन्नती गर्ने भएको छ ।

पुरानो टिडिएम प्रविधिलाई रुपान्तरण गरी आइपी बेस्ड उपकरण बनाउने टेलिकमले जनाएको छ ।

नयाँ प्रविधिको विकाससँगै सेवालाई गुणस्तरीय बनाउनको लागि सेवा रुपान्तरण गर्न लागेको टेलिकमका प्रवता प्रतिभा वैद्यले जानकारी दिए।

शनिबार सेवाको सुरुवात सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ललितपुरको ग्वार्कोस्थित टेलिकमको एक्सचेन्ज कार्यालयमा रहेका टेलिफोनहरुलाई आइ पी वेस्डमा रुपान्तरण गरेर गरे।

आगामी दुई महिना भित्रमा देशभरिका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणलाई आइपी बेस्ड उपकरणमा रुपान्तरण गरिने टेलिकमले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया