२७ असार,काठमाडौँ । जाजरकोट भेरी नगरपालिका–९ पौरीका किसान गोरसिंह नेपालीले पालेको भेडाले अनौठो पाठी पाएको छ । भेडाले एउटै शरीरमा दुई वटा टाउका भएको पाठी जन्माएको हो । पाठीका दुईवटा टाउका संगै दुई मुख, चार कान र चार आँखा स्पष्ट छुट्टिएका छन ।

गत बिहीबार अनौठो तरिकाको भेडाले पाठी पाएको भुर स्थित दिपेन्द्र माविका शिक्षक पुर्णबहादुर नेपालीले जानकारी दिए ।

दुई मुख भएको भेडाको पाठी उभिन नसक्ने र आफै दूध खान नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए । भेडाले दुई टाउका भएको पाठी जन्माए पछि स्थानीय हेर्नका लागि गोरसिहं नेपालीको घरमा घूइचो लागेको छ ।

प्रतिकृया

प्रतिकृया