-हेडलाईन टिम

२९ अषाढ, काठमाडौँ । कांग्रेस सभापति शेर बहादुर देउबा मुलुकको ४० औ प्रधानमन्त्री बनेको एक महिना बिति सक्दा पनि मन्त्रि परिषद बिस्तारमा अझै अन्योलता देखेको छ ।

बिशेष गरि कांग्रेस र माओबादीको संयुक्त सरकार गठन गर्ने भने पनि मन्त्रालयको भागबण्डा र राप्रपा लगायत साना दलहरुलाई पनि मन्त्रि परिषदमा लाने कुरा, संबिधान संसोधनको प्रक्रिया लगायत बिभिन्न कुराले मन्त्रि मण्डल बिस्तार ढिलाई भएको बताइन्छ ।

यी बिषय बाहेक आजभोली थप नया बिषयले चर्चा पाईराखेको छ । नेपाली कांग्रेस सबै भन्दा पुरानो र ठुलो राजनीतिक दल भए संगै नेताहरुमा एकले अर्काको अस्तित्व स्विकार्न नसक्ने, निर्बाचनमा अन्तर्घात गर्ने, मै खाउ मै लाउ, सुखसयल र मोजमय गरौ भन्ने भावनाले ग्रस्त मानसिकता बोकेको कारण पार्टी माथि उठ्न नसकेको कार्यकर्ताहरु बताउछन ।

एक थरि कांग्रेसका शुद्द नेताहरु यी बिक्रितिहरुबाट आजित भएका छन् । तर अर्को थरि नेताहरु भने पद र पैसाको लागि मरिमेटेर पार्टीको अस्तित्वलाई नै दाउमा राखेर मन्त्रि हुन रातदिन दौडमा व्यस्त छन् ।

पार्टीका सच्चा सिपाही र नेताहरु भने मन्त्रि बन्ने मुल्क्यांकन फारम कस्तो रहेछ भनेर आश्चर्यमा परेका छन् । स्थानीय तहको दुइ चरणको निर्बाचनमा आफ्नो क्षेत्रमा कांग्रेसको पक्षमा राम्रो मत परिणाम ल्याउन सफल भएका, कांग्रेसको आन्तरिक निर्बाचनको प्रतिस्पर्धामा निर्बाचित भएका, पचहतरै जिल्लाको पार्टीका कार्यकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेका तर कहिल्यै मन्त्रि हुने अबसर नपाएकाहरु भने बिशेष आश्चर्य चकितमा परेका छन् ।

आफ्नो क्षेत्रमा उम्मेदवारहरुको जमानत जफत भएका, मन्त्रि पदमा रहदा देश र जनताको लागि के काम गरे त्यसको आभास नै नभएका नेताहरु भने मन्त्रि हुन मुल्यांकन फारम बोक्दै शिर्ष नेताहरुको घरदैलो चाहर्दै हिड्ने गरेका छन् । यसरी घरदैलो गरेर हिडेको देख्ने प्रत्यक्षदर्शीहरु भने शिर्ष नेताहरुलाई आर्थिक प्रलोभनमा पारेर यस्तै नेताहरु फेरी मन्त्रि बन्लान कि भन्ने आशंका गर्न थालेका छन् ।

जे होस् यतिखेर कांग्रेस भित्र मन्त्रि को बन्ने दौड प्रतियोगिता नै चलेको छ । कसले कसलाई उचिन्छ त्यो भन्न गाह्रो छ र हेर्न बाँकी छ । तर जनताले भने देश र जनताको लागि सिन्को पनि नभाच्ने केवल आफ्नो भुडी मात्र भर्ने अनि मन्त्रि पद पाउनका लागि शिर्ष नेताहरुलाई बिभिन्न किसिमका प्रलोभनमा पार्ने नेताहरुलाई कुनै पनि हालतमा मन्त्रि पदमा दोहोर्याउन हुदैन भनि आवाज उठाउन शुरु गरिसकेका छन् ।

शिर्ष नेताहरुको समयमै घैटोमा घाम लाग्छ कि ! अन्यथ पहिलो र दोश्रो चरणको स्थानीय निर्बाचनमा चाही आगामी निर्बाचनहरुमा पनि नेपाली कांग्रेसको पक्षमा परिणाम राम्रो आउने छैन भन्ने प्राय निश्चित देखेको छ ।

प्रतिकृया

प्रतिकृया