३१ असार,काठमाडौँ । यस वर्षको बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गङ्गाधर पराजुलीलाई सम्मान गरिने भएको छ ।

सो पुरस्कारको राशि रु २० हजार १११ र सम्मानपत्र रहेको छ । वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनोट समितिले पुरस्कारका लागि पराजुलीलाई सिफारिस गरेको पत्रिकाका कार्यकारी निर्देशक रामजी लम्सालले जानकारी दिए ।

२०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पराजुली हाल पोखराबाट प्रकाशित हुने गोल्डेन न्यूज दैनिकको प्रकाशक संस्था सुनौलो पब्लिकेसनका कार्यकारी अध्यक्ष तथा पत्रिकाका प्रधान सम्पादक छन ।

पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारबाट स्थापित तथा पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित सो पुरस्कारबाट सम्मानित हुने पत्रकार पराजुली रासस सञ्चालक समितिका पूर्व सदस्य एवंम नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष छन ।

प्रतिकृया

प्रतिकृया