१ साउन,काठमाडौँ ।      खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा एक जनाको ज्यान गएको छ । ५ जना बेपत्ता भएका छन् । ७ जना घाइते भएका छन् ।

बाढीले बगाउँदा ६८ वर्षकी बालकुमारी खत्रीको ज्यान गएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो।

 

तस्विर सौजन्य : कृष्णहरि केसी र फेसबुक पेज हाम्रो रामेछाप सुन्दर रामेछापबाट

प्रतिकृया

प्रतिकृया