२ साउन, काठमाडौं । नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ । यो सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम छ, जसलाई सुन्तली प्रकरणमा बिभागीय कारवाहीका लागि यसै साता मात्र सिफारिस गरिएको थियो ।

साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि शर्मालाई त्यतिबेलै हेडक्वार्टर तानिएको थियो ।

प्रतिकृया

प्रतिकृया