२ साउन,काठमाडौँ । सुरक्षित आप्रवासन (सामी) परियोजना लागू भएका १८ जिल्लाबाट ४४ हजार ४ सय ९२ जना महिला वैदेशिक रोजगारीको लागि गएका छन् ।

५ वर्षमा विदेशिएका ९ लाख ३६ हजार ३ सय ४ जना मध्ये ४४ हजार ४ सय ९२ जना अर्थात ४ दशमलव ७६ प्रतिशत महिला रहेको सुरक्षित आप्रवापस परियोजना सामी जारी गरेको तथ्याङ्कले देखाउँछ ।

यो अवधिमा सबैभन्दा धेरै झापाबाट ९ हजार ४ सय ५४ र सबै भन्दा कम सिराहबाट १ सय ५७ महिला विदेश गएका छन् ।
सिन्धुपाल्चोकबाट ८ हजार ६९, सुनसरीबाट ३ हजार ८ सय ४, नुवाकोटबाट ३ हजार ५ सय २७, नवलपारासीबाट २ हजार ८ सय ५५, धादिङबाट २ हजार २ सय ९१, सिन्धुलीबाट २ हजार १ सय १९, रामेछापबाट २ हजार ४ सय ३६ जना वैदेशिक रोजगारीको लागि विदेश गएका छन् ।

यस्तै उदयपुरबाट १ हजार ९ सय ६६, कास्कीबाट १ हजार ७ सय ७९, खोटाङबाट १ हजार ६ सय ७६,दागबाट १ हजार ५ सय ४ र सर्लाही १ हजार ३ सय २८ जना विदेश गएको तथ्याकले देखाउँछ ।

त्यस्तै कैलालीबाट पाँच वर्षमा ५ सय ७४ महिला वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक गएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै धनुषाबाट ३ सय ६०, र महोत्तरीबाट ३ सय ३५, सप्तरीबाट २ सय ५९ जना महिला विदेश गएका छन् ।

तराई मधेषक्षेत्रबाट कामको खोजिमा जाने महिलाको संख्या कम देखिएको छ । तर, यही क्षेत्रबाट जाने पुरुष भने बढिरहेको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा कम महिला विदेश गएको सिराह जिल्लामा ८२ हजार ३ सय ८३ जना पुरुष विदेशिएका छन् ।

नेपालबाट सबैभन्दा बढी आर्थिक वर्ष २०७०र७१ मा १५ हजार २ सय ५३ महिला विदेश गएका छन् भने आर्थिक वर्ष २०७२र७३ मा ५ हजार ९ सय ११ कामको खोजिमा विदेशिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०६८र६९ मा २ हजार ८ सय र६९ जना, २०६९र७० १३ हजार ५ सय ९३ विदेश गएका छन् भने २०७१र७२ मा ६ हजार ८ सय ६६ जना कामको खोजिमा विदेश गएका छन् ।

यो तथ्याङ्क सुरक्षित आप्रवासन परियोजना लागू भएका १८ जिल्लाबाट श्रम स्वीकृति लिएर विदेश जानको संख्या हो । यस बाहेक भारतीय नाका सहित अन्य अवैध बाटो प्रयोग गरी तेस्रो मुलुक जानेको संख्या धेरै रहेको सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्थाहरुको भनाई छ ।

सुरक्षित आप्रवासन परियोजनाले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना, तालिम, न्याय तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २०१४ को फेब्रुअरीबाट परियोजना सञ्चालन भएको कैलालीमा झण्डै ४५ हजार जनालाई वैदेशिक रोजगारी सम्बन्धि जानकरी तथा सूचना प्रवाह गरिएको कैलालीमा परियोजना सञ्चालन गरिरहेको सिर्जनसिल समाजको सिर्जना (सिसिएस) का संयोजक दिपेन्द्र बहादुर भण्डारीले जानकारी दिए ।

उनले पछिल्लो समयमा वैदेशिक रोजगारीसम्बन्धी सूचना लिएर जानेको संख्या बढेको बताए । पासपोर्ट बनाउने सबैले सुरक्षित आप्रबासन (सामी) परियोजना अन्र्तगत सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पठाएर सूचना दिने गरेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया