२ साउन, काठमाण्डौँ । राजधानीको मनमैजुबाट असार २४ गते शनिवारको दिन देखि बेपत्ता भएकी ३० वर्षीय सोनिया अर्याल अझै सम्म सम्पर्कमा आएकी छैनन् । ८ वषीय छोरी र ५ वर्षीय छोराको आमा सोनिया ३ लाख ७५ हजार नगद सहित फरार भएपछि परिवार चिन्तित बनेको छ ।

शनिवार १२ बजेको समयतिर पार्लर जान्छु भनि हिडेकी सोनिया त्यसै समयदेखि सम्पर्क विहिन भईन् । शनिवार राती अवेरसम्म सोनिया घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए ।

नगद सहित फरार सोनियाको खोजीका लागि परिवारले महानगरिय प्रहरी कार्यलय काठमाण्डौँमा आईतवार उजुरी दिएका थिए । महानगरीय प्रहरीले समेत सोनियाको अवस्था पत्ताा लगाईनसकेको र खोजी कार्य जारी राखेको कुरा परिवारले बताएको छ ।

बनस्थलीमा फेन्सी पसल चलाएर बसेका अर्याल परिवारले पसलमा थप फेन्सी सामान खरिदका लागि विहिबार मात्र बैंकबाट ४००००० लाख नगद झिकेका थिए ।
परिवारले उक्त फेन्सी पसलको सम्पुर्ण जिम्मा सोनियालाई सुम्पिएको थियो ।

पाँच फि उचाई तथा गहुँ गोरो वर्ण भएकी सोनियाको घाँटीको देव्रे भागमा सानो दाग समेत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया