२ साउन, भक्तपुर । सरकारी कार्यालयहरुको कार्य सम्पादनमा चरम लापरवाही बढ्न गएको पाईएको छ । अधिकांश सरकारी कार्यालयहरुमा कर्मचारीहरु गैर जिम्मेवार बन्ने, कार्यसम्पादनमा हेलचेक्राईं गर्ने तथा जनगुनासाहरुको उचित सुनुवाई नगर्ने गरेको भेटिएको छ ।

एक दिनमा सम्पन्न हुने कामका लागि विभिन्न वाहनामा कर्मचारीहरुले एक हप्तासम्म झुलाउने गरेकाले सेवाग्राहीहरु मर्कामा परेका छन् ।

भक्तपुरको  यातायात विभाग जगातीमा  पनि कर्मचारीको उस्तै लापरवाही भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

एक दिनमा सम्पन्न हुने कामका लागि विभिन्न वाहनामा कर्मचारीहरुले ४/५ दिनसम्म झुलाउने गरेका छन् । विभागको कामप्रति रुष्ट बनेका सेवाग्राहीले भने, ‘हिजोदेखि राजस्व बुझाउनका निम्ति लाईनमा बस्यौँ, हिजो राजस्व बुझेन, आज विहान ७ बजे नै आएर लाईनमा बस्यौँ, आज अपह्रान्न १२ बजेसम्म राजस्व लिएन र १२ बजेपछि सिस्टम नचलेको भन्दै अफिस बन्द भएको सुचना बाहिर दिए ।’

यातायात विभागका कर्मचारीहरु सेवाग्राहीसँग झर्कने तथा रिसाउने जस्ता क्रियाकलाप गरेकोमा समेत सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

राजस्व तिर्नका निम्ति दिनभरी लाईनमा उभिएर थकित बनेका सेवाग्राहीले भने, ‘हामी विहान ६ बजेदेखि लाईनमा आएर बस्छौँ, कर्मचारीहरु ११ बजे त्यहि पनि सुस्तरी आईपुग्छन्, कार्यालय आईपुगेपछि प्राय सधैँ मोबाईल चलाएर मात्र बस्छन्, हामीले कति दिन सहने हो यो ?’

उनले भने, ‘हामीले काम अलि छिटो गरौँ, वाहना बनाएर जनताले सास्ती मात्र पाईराखेका छन् भनेर कर्मचारीलाई सम्झाउन खोज्दा कर्मचारीहरु हामीसँग झर्कोफर्को गर्छन, र प्रहरी खटाई धम्काउने काम गर्छन् ।’

यातायात विभागका कर्मचारीहरुले सधैँजसो छिट्टै सम्पन्न हुने कामलाई पनि ४/५ दिन झुलाउने गरेकोमा आफुहरु आक्रोशित हुनुपरेको सेवाग्राहीहरु बताउँछन् ।
सरकारी काम गर्दा केवल तलव मात्र हेर्न नहुने सेवाग्राहीहरु बताउँछन् । सरकारी कार्यलयमा विशेष अनुगमन हुन नसकेकाले लापरवाही बढेकोले सम्बन्धित निकायले यसमा ध्यान दिन समेत सेवाग्राहीहरुले अपिल गरेका छन् ।

त्यस्तै सरकारी कार्यालयको हाता भित्रैको शौचालयमा शुल्क लिग्ने गरेको पाईएको छ । भक्तपुरकै यातायात विभाग भित्र रहेको शौचालयमा रकम लिगिने गरेका भेटिएको हो ।

प्रतिकृया

प्रतिकृया