६ साउन, काठमाण्डौँ । बलिउडका ठूला कलाकारहरुले सिनेमाका लागि महिनौँ समय दिने गरेका छन् । तर अभिनेता अक्षय कुमार भने सिनेमा साईन गर्नु अघि नै प्रमोशनको लागि १० दिन भन्दा धेरै समय नदिने उल्लेख गर्छन् ।

सिनेमाको ट्रेलर, म्यूजिक लन्च र अन्र्तवार्ता गरी जम्मा दश दिन मात्रै दिने कुरा उनको कन्ट्रयाक्टमा स्पष्ट रुपमा लेखिएको हुन्छ ।

अक्षय कुमार त्यस्ता कलाकार हुन् जसले वर्षमा चारवटा सिनेमा गर्छन् र परिवारको लागि पनि समय निकाल्न भ्याउँछन् ।

यतिबेला सिनेमा ‘गोल्ड’को छायाकंनमा लण्डन भएका उनले सिनेमाको छायाकंनसँगै परिवारसँग पनि समय बिताईरहेका छन् ।

यता उनको अभिनय रहेको सिनेमा ‘ट्वाईलेट एक प्रेमकथा अगस्ट ११ मा रिलिज हुँदैछ । यसको प्रमोशनको लागि उनी जुलाई महिनाको अन्त्यसम्म भारत आउनेछन् ।

अक्षय कुनै पनि सिनेमा साईन गर्नु अघि पारिश्रमिक देखि सिनेमा छायाकंनमा लाग्ने दिनहरुको बारेमा स्पष्ट कुरा गर्छन् । यदि तोकिए भन्दा धेरै दिन छायाकंन गर्नु परेमा उनी त्यसको पनि पारिश्रमिक लिन्छन् ।

अक्षयको अर्को बानी यदि भारतमा सिनेमाको छायाकंन छ भने उनी आईबार छायाकंन गर्दैनन् । किनकी आईतबार सार्वजनिक बिदा हुन्छ त्यो दिन उनी परिवारको लागि छुट्याउँछन् ।

त्यस्तै अक्षय कुमार समयमै सुत्ने र समयमै उठ्ने अभिनेता हुन् । यहि कारण उनी साँझ सात बजेपछि छायाकंन गर्दैनन् । बेलुका ९ बजे सुतेर बिहान ४ बजे उठिसक्ने उनी बिहान सात बजे छायाकंन स्थलमा पुग्छन् ।

प्रतिकृया

प्रतिकृया