१० साउन,काठमाडौँ । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

रोनाल्डोले नेइमारलाई बार्सिलोना ठूलो क्लब रहेकाले त्यो भन्दा सानो क्लबमा नजान सुझाव दिएको खबर छ । रोनाल्डो र नेइमारलाई नाइकले स्पोन्सर गरेकाले यी दुईबिच राम्रो मित्रता छ ।

रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिँदै म्यासेज पठाएको खबरमा उल्लेख गरिएको छ । नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जाने तयारीमा रहेका छन् । पिएसजीले नेइमारलाई १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउन लागेको छ ।

प्रतिकृया

प्रतिकृया