अनेरास्ववियुका सचिवालय सदस्य कनिश पटेल मधेसको विद्यार्थी आन्दोलनमा सक्रिय विद्यार्थी नेता हुन । उनि पछिल्लो समय सरकारले २ नम्बर प्रदेशमा असोज २ को मितीमा निर्वाचन गर्ने घोषणा गरेपछि उनि अहिले मधेसमा एमालेलाई जिताउन सक्रिय छन । खासमा मधेस आन्दोलनको बेला एमालेलाई विभिन्न किसिमका आरोपहरु लाग्दै आएका छन । यही परिस्थितीमा एमाले २ नम्बर प्रदेशको निर्वाचनमा होमिदै गर्दा समग्र २ नम्बर प्रदेशमा एमालेको अवस्था कस्तो छ ? सो प्रदेशमा एमालेले कस्तो गतिविधि गर्दै आएको छ र चुनावी रणनिती कस्तो हुनुपर्छ भन्ने विषयमा हेडलाईन नेपालका लागि राज ढुंगानाले कुराकानी गरेका छन ।

२ नं. प्रदेशमा अखिलको गतिविधि अलि कम भयो भन्ने लाग्दैन ?

– कम भएको छैन, संगठनका नियमित गतिविधिहरु बैठक, भेला, सम्मेलनहरु नियमित रुपमा भइ नै राखेको छ । तपाईले भनेजस्तो नियमित गतिविधि बाहेक अन्य रचनात्मक गतिविधिमा भने अलिकति कमी आएको हो । त्यसका बाबजुत पनि हामीले तत्काल राष्ट्रिय राजनिती, समाजिक गतिविधिका आन्दोलनहरु चलाईनै रहेका छौँ । भर्खरै मात्रै सप्तरीमा आएको बाढीका कारण विस्थापित जनताहरुको घर दैलोमा गई राहत वितरण गर्ने काम ग¥र्याै ।

अहिले सरकार स्थानिय तहको तेश्रो चरणको निर्वाचनमा अघि बढेको छ, २ नं. प्रदेशमा अखिल कसरी सक्रिय हुँन्छ ?

– २ नं. प्रदेशमा अखिलले आफ्नो पूर्ण शक्ति नै प्रयोग गर्नेछ । २ नं. प्रदेशमा विशेषत् कथित मधेशबादी एवं केही राष्ट्रिय पाटीहरुले पनि एमालेको विरुद्धमा भ्रमित पार्ने जुन क्रियाकलाप गर्दैछन र त्यस्ता भ्रामक कुराहरुलाई चिर्नका लागि विशेषत युवा विद्यार्थीहरुलाई लक्षित गर्दै सचेतना कार्यक्रम अगाडी बढाउने छौँ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका विशेषत मधेशलाई केन्द्रीत गरी ल्याइएका कार्यक्रमहरुका बारेमा जानकारी गराउछौँ र मधेशको पक्षधर को हो र मधेश विरोधी कोहो भन्ने कुराहरुको भण्डाफोर गर्नेछौँ ।

सप्तरी सिराह लगायतका जिल्लामा मातृ पार्टीलाई खुल्ला कार्यक्रम गर्न गाहे छ भन्छन नी?

– हाम्रो मातृ पार्टी नेकपा एमाले लोकतान्त्रीक जनवादी पार्टी हो । खुला रुपमा सभा, सम्मेलन र आफ्नो गतिविधिहरु जहाँ जहिले पनि गर्न पाउने नैसर्गिक अधिकार हो । अहिले आफुलाई लोकतन्त्रवादी भनाउने सत्तासिन पार्टीहरु एमालेको बढ्दो लोकप्रियतालाई देखेर मधेशका जनताहरुमा भ्रम छर्दै त्यो भ्रम चिर्न नदिनका लागि हामीलाई मधेशका जनतासँग टाढा राख्ने प्रयासमा छन् । हाम्रा गतिविधिहरुमा घुषपैठीहरु प्रयोग गरेर अंकुश लागाउन खोजिरहेका छन् । यो मधेशको मात्र समस्या नभएर राष्ट्रिय समस्या हो । यो समस्यालाई राष्ट्रिय स्तरबाटै समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले पनि हामीले मधेशमा गर्ने हरेक गतिविधिहरु जिम्मेवारीपूर्वक संयमताका साथ गरिराखेका छौँ । मधेश र मधेशी जनता कसैको पेवा होइन । हामी मधेशका जुनसुकै भूभागमा गएर आफ्नो गतिविधिहरु गर्न स्वतन्त्र र सक्षम छौँ ।

युवा विद्यार्थीहरुले मातृ पार्टीलाई सघाउन कस्तो रणनिती बनाईरहेको छ ? त्यसलाई कसरी सफल पारिन्छ ?

– हामीले २ नं. प्रदेशको निर्वाचनलाई केन्द्रीत गरेर भदौको पहिलो सातादेखि नै २ नं. प्रदेश केन्द्रीत कार्यक्रमहरु जनतामाझमा लग्दै छौँ । हाम्रो काम भने आम जनतालाई राष्ट्र र राष्ट्रियताको हितमा हुने हरेक गतिविधिहरुको बारेमा सचेतना फैलाउने हो । यो अभियान बाट एउटा राष्ट्रवादी र अराष्ट्रवादी तत्वविचको कित्ता फरक रहेको कुरा आम जनतामा पुग्नेछ । र मधेश र मधेशी जनताको हितमा कुन पाटी कसरी लागेको छन हामीले बुझाउने छौँ ।

५. एमाले अहिले देशभरको चुनावी नतिजामा पहिलो स्थानमा छ । मधेशमा पाटीलाई पहिलो बनाउन सक्ने आधारहरु के–के हुन ?

– एमाले मधेशमा कहिल्यै पनि कमजोर छैन । त्यसको परिणाम २०७० सालको संविधान सभाको निर्वाचनमा हामी निर्वाचित भएका ठाउँहरुले नै पुष्टि गरेको छ । र हाम्रो पाटी नेकपा एमाले देशभरिको नतिजामा पहिलो हुने जुन कारण थियो त्यो मधेशमा पनि छ । र त्यो हो हाम्रो निति, नेतृत्वको देश र जनता प्रतिको जिम्मेवारीपन एमाले नेतृत्वमा रहेका विगतका सरकारहरुले गरेका मधेश केन्द्रीत योजना कार्यक्रमहरु जस्तै हुलाकी राजमार्ग, बृहत तराई मधेश सिचाई योजना, पूर्व पश्चिम रेलमार्ग, निसशायहरुलाई निशुल्क स्वस्थ आवाष निर्माण गर्ने योजना, मधेशका जिल्लाहरुको सदरमुकामलाई स्मार्ट सिटी बनाउने योजना र अझै महत्वपूर्ण विषय भनेको जातिय विभेद, लैङ्गीक विभद, विभिन्न किसिमका कुसस्कारहरका विरुद्ध आन्दोलन आदि जस्ता अनेक विषयहरुले नै हामी २ नं. प्रदेशमा पहिलो पार्टी हुने आधारहरु छन् ।

६. प्रमुख २ दल सँगसँगै मधेशमा बलिया मानियका राजपा, फोरम लोकतान्त्रीक र संघिय समाजवादी समेत अन्य दल सँग लामो समय एमालेको विरोधमा आन्दोलन गरिएको २ नं. प्रदेशमा चुनाव जित्न निकै कठिन छ भन्नेहरु पनि छन् नी ?

– मैले पहिले नै यो विषयहरुको बारेमा भनिसके । मुख्य कुरा के हो भने अहिले तपाईले नाम लिनुभएको सबै दलहरु एजेन्डा विहिन दलहरु हुन । उनीहरुको एकमात्र उद्देश्य भनेको जनतालाई भ्रमित पार्दै एमाले मधेश विरोधी पाटी हो भनेर जनतालाई भ्रममा राखेर आफ्ना घुषपैठ प्रयोग गरेर मधेशमा अराजकता फैलाएर आफ्नो हैकम चलाइराख्न चाहान्छन् । अव हामीले भनेको उनीहरुले फैलाएका कु–प्रचारहरुलाई आम जनतामाझ भण्डाफोर गर्नेछौँ, । जनता भ्रमबाट मुक्त भएपछि स्वभाविक रुपमा एमालेको पक्षमा जनलहर आउनेछ

७. कतिपय ठाउँमा एमाले गुटका कारण आफैबाट हा¥यो भन्ने कुरा छन् । २ नं. प्रदेशमा के हुन्छ ?

– तपाईले भनेका कुराहरु अघिल्ला चुनावमा केही हद सम्म देखिएकै हो । मधेशमा यो समस्या न्यून हुन्छ । त्यसैले पनि हामीले आफ्नो अभियान मार्फत यस्ता रहेका केही समस्याहरुलाई पनि समाधान गर्नका लागि पार्टी नेतृत्वलाई घचघचाई रहेका छौँ, आशा गरौ निर्वाचन अगाडी सम्म पाटीले पाटीभित्रका केही आन्तरिक समस्याहरु पूर्ण रुपले समाधान गर्नेछ र एक ढिक्का भएर पाटी निर्वाचनमा होमीनेछ ।

८. अनेरास्ववियुले मधेशलाई नै केन्द्रीत गरेर कस्ता खालका कार्यक्रमहरु ल्याउँदै छ ?

– हामीले अहिले देशभरी सरकारी, सार्वजनिक विद्यालय, विश्वविद्यालय सुधारको अभियान नै चलाएका छौँ । जुन मधेशका लागी नै केन्द्रित गरेर चलाइएको हो । अहिले पनि मधेशमा स्कुल सम्म बाल बालिकाको पहुँच पूर्ण रुपले हुन सकेको छैन । भएका स्कुलहरुमा पनि गुणस्तर अति नै कमजोर छ, झोले स्कुलहरुको संख्या पनि पर्याप्त मात्रामा छ । जसले राज्यको करोडौँ रुपैया व्यक्तिको गोजीमा गइरहेको छ । हामीले मधेशमा शैक्षिक क्षेत्रतिर देखिएका समस्याहरु विरुद्ध रचनात्मक ढंगले सिर्जनात्मक कार्यक्रमहरु ल्याउँदै छौँ जसले विद्यालयको गुणस्तर सुधारका साथै विद्यार्थी र तिनका अभिभावकलाई आकर्षित गर्न प्रेरित गर्नेछौँ ।

प्रतिकृया

प्रतिकृया