१६ साउन,काठमाडौँ । अहिले युट्युवमा एउटा लोकसेलो गीत डम्फु र सेलोले खुव चर्चा पाईरहको छ । गायिका रेश्मा बम्जनको सेलो गीतले युट्युवमा सार्वजनिक गरेको दुई दिनमा लाखौले मनपराएका छन् । सांगितिक भिडमा आफनो पहिचान दिदै स्थापित बन्न पहिलो एल्वम प्रथमा लिएर उनी चांडै दर्शक श्रोता माझ आउंदै छिन् ।

हो यहि एल्वममा समावेश गरिएको एउटा गीत हो डम्फु र सेलो पनि । यस गीतमा शव्द संगित फुल कुमार बम्जन र एरेन्जर फनिन्द्र राईको रहेको छ । काठमाडौ आसपासमा तयार पारेको म्युजिक भिडियोले अहिले दर्शक श्रोताको मन जितिरहेको छ । म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका छन् भने रोशन र रोहिनीले अभिनय गरेका छन् ।

हो यो गीत गायिका रेश्मा बम्जनले आफ्नो पहिलो एल्वम प्रथमामा समेटेका गीत हुन् । गायिका रेश्मा बम्जन स्थापित गायिकाहरुको भिडमा पहिलो एल्वम प्रथमा लिएर आउंदैछिन् । लामो सांगितिक यात्रा पछि उनले पहिलो पटक प्रथमा एल्वम लिएर आउन लागेकी हुन् ।
एल्वममा ६ वटा गित समावेश रहेको बताईन् । एल्वममा रोमान्टिक आधुनिक र रक सेलो रहेको छ ।

गायक दिपक लिम्वु संगको युगल गीत जन्ती लिएर आउ बोलको गीतले अहिले युट्युवमा चर्चा पाईरहेको छ । एल्वममा देव पुन , जीवन बहादुर बम्जन, जोगलाल लामा र फुलकुमार बम्जनको शव्द संगित रहेको छ । सानैदेखि गायनमा रुची भएका कारण यो क्षेत्रमा केही गरौं भन्ने हेतुले सांगितिक क्षेत्रमा लागेको र भविष्यसम्म निरन्तरता दिने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया