नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा भर्खर विस्तार गरिएको मन्त्रीमण्डलमा बाणिज्य मन्त्रीको रुपमा आएका छन । खरो र स्पष्ट बक्ताको रुपमा रहेका मन्त्री विश्वकर्मा कांग्रेसमा मन पराईएका नेता हुन । कुनैपनि गम्भिर कार्यमा निरन्तर खटिरहने नेताका रुपमा परिचित मन्त्री विश्वकर्माले बाणिज्य तथा आपुर्ति क्षेत्रमा कस्तो सुधार ल्याउनलान त ? मन्त्री भएपछि उनले गर्ने काम के –के छन ? यही विषयमा केन्द्रित गरेर हेडलाईन नेपालले मन्त्री विश्वकर्मासंग कुराकानी गरेको छ । 

मन्त्री हुनुभएपश्चात कस्तो अनुभूति गर्नुभएको छ ?
– पार्टी स्थापना हुनु, पार्टीमा काम गर्नु भनेकै राज्य सञ्चालनमा सहयोग गर्नु, राज्य सञ्चालन गर्नु, देश र जनताको सेवा गर्ने र राज्यले निर्दिश्ट गरेका लक्ष्य पुरा गर्नु नै लक्ष्य हो । सोही अनुरुप नै म नेपाली काँग्रेस पार्टीमा लामो समयदेखि नै काम गरिराखेको थिए । सोही नेतृत्वले कहिले पार्टीको जिम्मेवारी त कहिले सरकारको जिम्मेवारी दिने क्रममा अहिले सरकारको जिम्मेवारी दिएको छ । यसमा स्वभाविक हिसाबले खुसी छु र सँगसँगै मुलुकमा देखिएको सामाजिक तथा आर्थिक चुनौतीहरुलाई सामना गर्नका निम्ति एक गहन जिम्मेवारी प्राप्त भएको महशुस भएको छ ।

हजुरले भने जस्तै सरकारको जिम्मेवारी राम्रोसँग पुरा गर्न सकेमा पार्टीलाई नि फाईदा पुग्छ, भविष्यसँग यो सम्बन्धित छ, यसलाई कसरी लिनु भएको छ ?

– जसरी कुनैै खेलमा देशभित्र हामी एउटा प्रतियोगीता गर्छौँ, एउटा टिममा समावेश हुन्छौँ र विपक्षीसँग खेल्न जान्छौँ । त्यतिबेला हाम्रो खेलले हाम्रो क्लवलाई, हाम्रो टिमलाई समग्र देशलाई असर गर्दछ । त्यसैगरी हाम्रो काम, क्षमता जस्ता कुराको आधारमा पार्टीबाट हामीलाई सरकारमा पठाईएको हुन्छ रअहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार भएको छ । यसलाई काँग्रेसको सरकार भनिन्छ । यो सरकारबाट केही त्रुटी भयो, केही गल्ती गर्यो भने सिँगो पार्टीको नाम जान्छ अथवा काँग्रेसको सरकार हुदा यस्ता गल्ती भए भन्ने हुन्छ । यसकारण यो नै बहुदलीय व्यवस्थाको सबैभन्दा राम्रो पक्ष हो । पार्टीको जिम्मेवारी बहन गर्न सक्नुपर्छ । त्यसैकारण हजुरको विचारप्रति म पूर्ण रुपमा सहमत छु । यदि हामीले राम्रो काम गर्न सक्यौँ भने नेपाली काँग्रेसको पनि नाम रहन्छ, पार्टी मजबुत हुन्छ , तर यदी हामीले राम्रो काम गर्न सकेनौँ भने समग्र पार्टीलाई असर गर्छ, पार्टीको बदनाम हुन जान्छ, विभिन्न किसिमका असन्तुष्टहरु पैदा हुन जान्छन् । विस्तारै पार्टी खुम्चिदै जाने हुन्छ । यो कुरालाई मैले बुझेको छु ।

राजधानीको सडकको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले ठाडो निर्देशन दिनुभएको थियो, त्यसको हिजो मात्र प्रधानमन्त्री कार्यलयले अनुगमन गर्दा झारा टार्ने हिसाबले माटो मात्र हाल्ने भन्ने देखियो । भनेपछि काम गर्न कत्तिको चुनौती देख्नुहुन्छ ?

– हामीसँग नेपाली जनताको चाहनाको गति एकदमै तिव्र छ । तर नेपाली समाजमा काम गर्ने जिम्मेवारी पाएका कर्मचारी, प्रशाशक तथा प्राविधिकहरु, हामीमा एक खालको काम ठगेपनि हुन्छ, नगरे पनि हुन्छ अथवा ढिला गरेपनि हुन्छ भनेर कामको निश्चित गुणस्तरको मापदण्ड हुन्छ, समयसिमा, देश र जनताप्रतिको उत्तरदायित्व वहन गर्ने तदारुकतामा हामी कताकता त्यो ठाउँमा पुगिसकेको होकि वा हामी पुग्न पर्दैन भन्ने मानसिकताबाट बसेको हो । हामीलाई काम ठग्न पाए ठुलो हुने, व्यापारीहरुले कर छल्न पाए ठुलो हुने, काम गर्नका निम्ति जिम्मा लिगेका जिम्मेवार मानिसहरुले काम छल्दा आफुलाई ठुलो भएको महशुस गर्ने जुन सँस्कार छ, त्यसको अन्त्य नभएसम्म त्यस्तै नै भईरहन्छ । हिजो प्रधानमन्त्री कार्यलयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत गएर निरिक्षण गर्दा यो खाल्डाखुल्डी टाल्ने काम भएको छ, त्यो हामीले भने जस्तो गरि भएकै छैन । त्यसैले त्यसलाई कडाईका साथ कार्यान्वयन गर्नका निम्ति पनि त्यो काम गरिएको हो । यो त एउटा उदाहरणमात्र हो, यस्ता धेरै काम छन्, जुन एकैरातमा म सच्याउछु भन्न सकिदैन । त्यसैले यो हाम्रो कताकता सँस्कृतिमा पनि गलत भएको छ । हामीले हाम्रो काम गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुपर्ने, जनताबाट निर्वाचित भएर आएपछि जनताको सेवा गर्नुपर्छ भन्ने कुरा, राज्यले हामीलाई सबै सुविधा दिएर मन्त्री अथवा अन्य प्रशासक जे बनाको छ, त्यो बनाईसकेपछि हामीले यसको भार जे कामको भार लिगेका छौँ, त्यो आधारमा हामीले दायित्व वहन गर्नुपर्छ भन्ने कुराको सँस्कृति विकास हुन सकेको छैन । त्यसैले एकातिर हामी जवरजस्त काम गराउन लागेका छौँ भने अर्को तर्फ हामी यसलाई विस्तारै विस्तारै सँस्कृति पनि सुधार गर्दै लैजानु पर्छ भन्ने कुरा गरिरहेका छौँ ।

विगतमा पनि देखिएको छ, एकैदिन सँगै सपथ खाएका सबै मन्त्रीहरुले मैले राम्रो काम गरुँ, म स्थापित हौँ, देशका सबैले मलाई वाहविाही गरुन् भन्ने चाहना हुन्छहोला, अब सँगै सपथ खाएर आएका तिनै मन्त्रीहरुमध्ये कसैको भने एकदमै वाहीवाही कमाउनुहुन्छ, कतिपय आउनुहुन्छ/जानुहून्छ नि हैन ?

– एकदम ठिक हो । हामी फुटवल मैदानमा बल खेल्नका निम्ति मैदान पुग्छ र दर्शकहरुल हेरिरहँदा कुनै एक खेलाडीको पक्षमा वा दुइृ खेलाडीको पक्षमा मात्र सारा दर्शकहरु ताली पिटिराखेको हुन्छ र केही दर्शकहरुको नाम र जर्सी नम्बर पनि याद गरिराखेका हुन्नन । त्यसका लागि दुईटा कुरा हुनुपर्छ, एउटा कुरा त खेलाडी मेन स्ट्राईकर हो भने उसको नाम धेरै चल्छ, तर बिचतिर खेल्छ भने नाम कमै मात्रामा आउँदछ । त्यसैले एउटा त वाहीवाह कमाउनका निम्ति मन्त्रालयको चरित्र, मन्त्रालयको प्रकृति तथा कार्यक्षेत्रले पनि प्रभावित गर्दछ । सँगसँगै दोस्रो अर्को के हुन्छ भने भन्त्रालय जस्तोसुकै भएपनि मन्त्रीको आशय, मन्त्रीको क्षमता, ईच्छा छ भने त्यस भित्रबाट पनि केही गर्न सकिन्छ । त्यसैले त्यो दुईवटै कुराहरु मन्त्रालयमा पनि र मन्त्रीमा पनि निर्भर हुन्छ । जस्तै, अहिले काठमाण्डाको लोडशेडिङ मुक्त भएको हुनाले वाहीवाही भयो । त्यो लोडशेडिङ मुक्त गराउनका लागि एउटा जग थियो, टयालेन्ट थियो । तर कुनैकुनै मन्त्रालयहरु यस्तो पनि हुन्छ, जसको कामहरु बाहिर खासै देखिँदैन, कानुन मन्त्रालय, मैले नै लिगेको वाणिज्य मन्त्रालयहरु मैले बुझेसम्म प्राय गरि घरको जस्तो गाह्रो र छानोमा भन्दापनि जगमा ज्यादा काम हुन्छ । त्यसैले जगमा गरेको काम मानिसले कम देख्छ र ढिलो देख्छ । देखिहाले भने वा थाहापाई हालेपनि अनुभुति धेरै पछि मात्र हुन्छ ।

सिंहदरबारभित्र एउटा यस्तो कुरा चल्छ, त्यहाँ एउटा समुह छ रे, जुन समुह जो सुकै मन्त्री भएपनि त्यहाँ पुग्ने , प्रभावमा पार्न खोज्ने र सधैँ घुमिरहने गर्छ, यसबाट कसरी जोगिन सकिन्छ ? अब त सामाजिक सञ्जाल तथा मिडियाहरुमा छिट्टै बाहिर आउँछ, त्यसैले यसलाई निराकरण कसरी गर्न सकिन्छ ?

– एकदमै वास्तविक कुरा गर्नुभयो । म आफैँ पनि देशविदेश विभिन्न कार्यक्रममा सहभागी हुने गर्छु । मन्त्री हुनु पूर्व र मन्त्री हुन योग्य भएपछि पनि मैले बुझेसम्म नेपाल सरकारको संयन्त्रलाई, अन्तराष्ट्रिय संयन्त्रहरुलाई, स्थानीय संयन्त्रहरुलाई प्रभावित पार्ने र त्यसलाई गलत बाटोमा लैजाने र आफ्नो फाईदा लिने तत्वहरु संगठित रुपले नै लागेको हुँदोरहेछ । अहिले सरकारले एउटा काम गर्ने र सरकारले गरेका कामलाई बिगारेर हुन्छ वा बङ्ग्याएर हुन्छ वा विभिन्न कर्तुत गरेर हुन्छ, आफ्नो शैलीमा आफ्नो स्वार्थमा वा आफ्नो पक्षमा लिनका लागि नेपालमा मात्र नभई संसारमै संगठित गिरोहहरु परिचालित भैराखेको हुन्छ । यो स्वभाविक हो । तर हामी मन्त्रालयमा मन्त्री भएर जाँदा वा कुनै पनि कार्यलयको प्रमुख भएर गईसकेपछि त्यस्ता गलत तत्वहरुबाट त्यो सँस्थालाई जोगाएर देश र जनताका पक्षमा देखिने गरेको सेवा पुर्याउन देखिने गरेको परिणाम ल्याउनु नै हामीहरुको कर्तव्य हो भन्ने मलाई लाग्छ । तर त्यस्ता तत्वहरु देखाएर यस्तो हुन्छ, उस्तो हुन्छ, यसले दिएन, उसले दिएन भन्ने वाहनावाजी लगाएर आफुलाई फसाउने र जनतालाई दुख दिने काम गर्नु हाम्रो सक्षमता होईन ।

मन्त्री भईसकेपछि जनताले गर्ने अपेक्षा बढ्दो हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– अहिले हामीसँग रहेका २६ ओटा मन्त्रालयहरुमा कार्यविभाजन तथा क्षेत्राधिकारको क्षेत्रहरु बाँडिएको हुन्छ । क्षेत्र बाँडिएकोमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय भनेको उद्योग भनेको उत्पादन गर्ने, वाणिज्यले व्यापार गर्ने र त्यसमा जनताको उपभोग्य वस्तुहरु, जनतालाई आवस्यक वस्तुहरु ठिक समयमा पुर्याईदिने । यो तीन ओटा जिम्मेवारी मध्येमा केही वर्ष अगाडीदेखि यो मन्त्रालय विभाजन भएर अहिले वाणिज्य मन्त्रालय बनाई ठुलो क्षेत्र बनाई देशभित्र र अन्तरदेशभित्र देशिय र अन्तर देशिय व्यापारका लागि मन्त्रालय स्थापना भएको हो । त्यसैले उत्पादित वस्तुहरुलाई विदेशसम्म निर्यात गर्ने र आयात गर्ने कुरा हो । अहिले हाम्रो देशको एक आर्थिक वर्षको बजेट लगभग १२ खर्वको बजेट छ । त्यसैको हाराहारीमा हामी अन्तरदेशिय व्यापार घाटामा छौँ । व्यापार घाटा हुनु भनेको हामी आयातमा निर्भर हुनु हो । सबै वस्तु हामीले किनेरै चलाउने, किनेरै खाने, किनेरै लाउने गर्नु नै बजार घाटा हो । त्यसैले सकेसम्म यो व्यापार घाटा हामीले मेरो कार्यकालमा थोरै भन्दा थोरै भएपनि घटाउने उद्देश्यमा छु । यो घटाउनु भनेको हामीले निर्यात गर्ने वस्तुहरुको संख्या बढाउनु हो । त्यसका लागि कुनकुन वस्तु निर्यात गर्दा अन्तराष्ट्रिय बजारमा छिट्टो विक्रि हुन्छ र सहजै निर्यात गर्न सकिन्छ भनेर खोजी गर्ने एउटा कुरा, पहिचान खोजी गर्ने, पहिचान गर्ने यस्ता वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने र ती उत्पादीत वस्तुहरुको बजार व्यवस्थापन गर्ने काम वाणिज्य मन्त्रालयको हो । र त्यो व्यवस्थापन गरिसकेपछि त्यसमा लाग्ने विभिन्न किसिमका करहरुको व्यवस्थापन गरिदिने, पारवहनमा सहजता ल्याईदिने काम यसको हो । आम नेपाली जनतालाई यो विषयमा कम थाहा हुन्छ । तरजबसम्म मैले यो मन्त्रालय जिम्मा लिगेको छु, नेपालमा विभिन्न संगठित सँस्थाहरु छन् यस बारेमा काम गरिरहेका । ति सँस्थाहरुसँग नियमित परामर्श गरिरहेको छु । यो परामर्शबाट यो ठुलो चुनौतीलाई सामना गर्नका लागि मैले प्रयत्न गर्ने छु । र आम नेपाली जनताले निराश नहुने गरी र विशेष गरी यसै क्षेत्रमा काम गर्दै आउनुभएका व्यवसायी साथीहरुलाई पनि उत्साहजनक वातावरण सिर्जना गरेर यो उद्देश्य पुरा गर्नु हामी सबैको दायित्व हो र म त्यो गर्छु ।

निर्वाचन आयोगले यथाशीघ्र प्रदेश सभा र प्रतिनीधि सभाको निर्वाचनको मिति तोकिदिन र आवस्यक कानुनहरु उपलब्ध गराउनुपर्यो भनेर सरकारसँग आग्रह गरेको छ भने प्रधानमन्त्रीले दुवै निर्वाचन एकैपटक गर्न आयोगसँग प्रस्ताव गरेका छन् । अब सरकारले यो कुरालाई मध्यनजर गर्दै कस्तो भुमिका निर्वाह गर्नुपर्ला ?

– हामीसँग यस्तो पेचीलो समय भो । असोज २ गते स्थानीय तहको तेस्रो निर्वाचन गर्दै छोँ। त्यसपछि नेपालीहरुको महान् चाड दशै आउँछ । दशैँ पछाडी नै तुरुन्तै तिहार आउँछ । दशैँ, तिहार र छटको विचमा हामी निर्वाचनहरु गर्न सक्दैनौँ । त्यसपछाडि हामी मंसिरमा पुग्नुपर्ने हुन्छ । मंसिरको दोस्रो हप्तादेखि हिमाली क्षेत्रमा हिमपात हुन्छ र मानिसहरुको आवातजावात थप्पै हुने स्थिती सिर्जना हुन्छ । त्यसैले मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गराएरै छाड्नुपर्ने हुन्छ । मंसिरदेखि माघसम्म निर्वाचन हुन सक्दैन । त्यसो भएको हुनाले हाम्रो देशमा निर्वाचनको वातावरण भनेको फागुन, चैत, वैशाख सम्म मात्रै हो । त्यो समय हामीसँग अर्को वर्ष लागिहाल्छ र संविधानले पनि हामीलाई त्यो छुट दिएको छैन । त्यसैले सम्माननिय प्रधानमन्त्री ज्युबाट निर्वाचन आयोगलाई दुई निर्वाचन एकै चरणमा गर्दा के हुन्छ ? भनेर परामर्श गरिरहनु भएको छ । हाम्रो यो जिम्मेवारी हो । यसबाट हामी भाग्न सक्दैनौँ । तर पनि यो कठिन छ ।

प्रतिकृया

प्रतिकृया