२५ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयमारलाई कीर्तिमानी मूल्यमा बेचेको बार्सिलोना नयाँ खेलाडी भित्र्याउने प्रयासमा छ । फिलिप काउटिन्हो र ओस्मान डेम्बेल बार्सिलोना जान सहमत भएको खबरहरु आएका छन् ।

स्पेनिस रिपोर्टहरका अनुसार १०८.८ मिलियनमा काउटिन्होलाई भित्र्याउन बार्सिलोना सहमत भएको छ । यसो भएमा यो सर्वाधिक दोस्रो महंगा ट्रान्सफर हुनेछ ।

इएसपीएनका अनुसार एन्फिल्डका प्रशिक्षक पनि यो प्याकेजमा सहमत भएका छन् । काउटिन्होलाई क्लबमा भित्र्याउने डिललाई अन्तिम रुपमा दिन बार्सिलोनाका मुख्य कार्यकारीहितको टोली सोमबार इंग्ल्याण्ड पुगेको थियो ।

यस्तै बार्सिलोनाले बोरुसिया डर्टमुन्डका डेम्बेललाई १०० मिलियन पाउण्डमा भित्र्याउन चाहेको छ । यो डिल पनि लगभग पक्का भएको द सनको दाबी छ ।

बार्सिलोनाले अघिल्लो साता मात्र नेयमारलाई २२२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो ।

प्रतिकृया

प्रतिकृया