काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट छान्ने आगामी नेतृत्वका लागि ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।

महामन्त्री पदमा पौडेल पक्षबाट शशांक कोइराला, देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा पौडेल प्यानलबाट सीतादेवी यादव, देउवा प्यानलबाट चित्रलेखा यादव र सिटौला प्यानलबाट उमाकान्त चौधरीको उम्मेदवारी परेको छ । भने स्वतन्त्रबाट कास्कीका कृष्ण कार्कीले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महाधिवेशन निर्वाचनमा सबैभन्दा बढी रोचक महामन्त्रीमा हुने भएको छ । महामन्त्रीका तीन प्रतिस्प्रधि देखेर प्रतिनिधिहरु नै छक्क परेका छन् ।

प्रतिनिधिहरुलाई कसलाई मतदान गर्ने छुट्टाउन हम्मेहम्मे परेको छ । गगन थापा युवा नेता हुन उनी पार्टीमा धेरै मन पराइएका र चर्चित नेता हुन ।

उनले १२ औं महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनै अहिले आफ्नै ससुर अर्जुन नरसिंह केसीसंग प्रतिस्पर्धा गर्दै छ ।

अजुर्न नरसिंह केसी पनि कांग्रेसमा चर्चित हुन । उनले यस अघिको महाधिवेशनमा सबैभन्दा धेरै मत पाउनेमा दोस्रो केन्द्रीय सदस्य हुन । भने शशांक कोइराला विपी पुत्र हुन ।

त्यसैले प्रतिनिधिहरुलाई यी तिन जनालाई फान्न सक्दैनन् । यस कारण पनि ज्वाइँ ससुर र पार्टीका शिखर पुरुष विपीका पुत्रबिच निकै रोचक प्रतिस्पर्धा हुने भएको हो । प्रतिनिधिहरुले कस्लाई मन पराउँछन् अहिले सबैको चासोको विषय बनेको छ महामन्त्री पद ।

प्रतिकृया

प्रतिकृया