१ भदौ,कैलाली । जिल्ला कारागार कैलालीका कैदीबन्दीले कुहिएको चामलको भात खान बाध्य भएको बताएका छन् । नेपाल खाद्य संस्थान धनगढीबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो ।

संस्थानबाट कारागार लगिएको चामल कुहिएर कालो भई खानै नमिल्ने भएपनि आफूहरुलाई त्यही चामल वितरण भइरहेको कैदीबन्दीले बताएका छन् ।

उनीहरुले कुहिएको चामलको गुनासो पटक पटक गर्दा समेत कुनै सुनुवाई नभएको आरोप लगाएका छन् । क्षमताभन्दा चार गुणा बढी राखिएका जिल्ला कारागार कैलालीका कैदीबन्दीले आफूहरुका लागि कुहिएको चामल वितरण भइरहेको भन्दै कैदीबन्दीले बिरोध पनि गरेका हुन् ।

नेपाल खाद्य संस्थान धनगढीबाट ल्याएर अहिले खाँदै गरेको चामल बोरामै चिल्सा परेको, भिजेर डल्लो परेको र सडेर कालो भइसकेको एकजना कैदीबन्दीले बताए । संस्थानले सडेको चामल बिक्री गरिरहँदा समेत सम्बन्धित निकायले कुनै चासो नलिएर आफूहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको आरोप लगाएका छन् ।

प्रतिकृया

प्रतिकृया