-टंककला तिमिल्सेना

सबै सम्बन्ध दिर्घकालिन हुदैन् भएकाहरु एकनाश हुदैनन् । यो कुनै नौलो कुरा होईन बुझ्न पर्ने कुरा के भने एकनाश नरहेका सम्बन्ध सुमधुर हुदैनन् भन्ने होईन । यसको मुख्य आधार स्तम्भ एक अर्का प्रतिको सम्मान भाव र धैर्यताको सिमा हो । धेरैले भन्ने गर्छन् सुमधुर सम्बन्ध हुने गर्छ सुरुवाति चरणमा विस्तारै तिनै मानिसहरु म देखि टाढा हुन्छन् । गुनासाहरुको सागरमा डुविरहेको एक जिव हो मानिस त्यसैले यस्ता गुनासाहरु गर्नु स्वभाविक पनि छ तर सम्बन्ध दिर्घकालिन रुपमा स्थापित गर्न र एकनाश व्यवहार नभए पनि सम्मान भाव कायम राख्न हामि सबैले केहि कुराहरुमा ध्यानदिनै पर्ने हुन्छ ।

१. समय — व्यस्तता मानिसको काम प्रति लगनशिलताको पहिचान हो तर व्यवस्त समयमा पनि जसले थोरै समय कसैको लागि छुट्याउ छ भने त्यसले राम्रो सम्बन्ध कायम गराउन महत्वपुर्ण भुमिका खेल्छ । फुर्सदिला समयमा सम्झना गर्ने त कहिले काहि याद आउने मानिसहरुलाई हो जब व्यस्त समयमा कसैलाई सम्झना गर्छौ भने असलि सम्झना र माया त्यहाँ लुकेको हुन्छ ।

२. अवस्थाबारे चासो र हेरचाह — हरेक व्यक्ति स्नेह र सम्मानको प्यासि हुन्छ अझै भनौँ माया हर व्यक्तिको कलात्मक जिवन जिउने आधार हो । जिवन प्राप्ति र सफलता प्राप्ति प्रति खुशिको अन्तिम विन्दु आत्मा सन्तुष्टि हो । यहि सन्तुष्टि प्राप्तिको मुख्य आधार माया वा स्नेह र सम्मान हुन् । अवस्थाबारे चासो र हेरचाह अन्य सम्बन्ध भन्दा बढी पति पत्नि र घर परिवारका सदस्यहरुसँग प्रेममय भाव कायम राख्ने मुख्य आधार हो । परिवारको अस्तित्व कायम राख्न पारिवारिक सम्बन्ध सुमधुर हुनु आवश्यक छ र यसकालागि सहनशिलता, धैर्यता, हेरचाह र प्रेमभाव आवश्यक छ ।

३. सत्यतावादी — जति पनि सम्बन्ध हुन्छन्, विश्वासमा टिकेका हुन्छन् । यथार्थतालाई लुकाउनु र बनाओटी आवरण तयार गर्दै अवस्थालाई तोडमोड गरि प्रस्तुत हुने बानिले पति पत्नि मात्र होईन घर परिवार र समाजसँगको सम्बन्ध विग्रिदै जाने गर्छ । सुमधुर सम्बन्धकालागि वास्तविकतालाई सहजै स्विकार गर्ने बानि बसाल्नु आवश्यक हुन्छ ।

४. जिम्मेवारी बोध — जहाँ सम्बन्ध जोडिएको हुन्छ त्यहाँ हर मानिसका आफ्ना आफ्ना जिम्मेवारी रहेका हुन्छ । अविवाहित केटि जो घरको छोरी हो उसका जिम्मेवारी आमा, बुवा, दाई, भाई, दिदी, बहिनि, आफन्त, ईष्टमित्र आदि आदि जो जससँग सम्बन्धीत हुन्छ त्यसै किसिमका रहन्छन् भने त्यहि छोरि विवाहित हुँदा दुईवटा परिवारको जिम्मेवारी सर्हष स्विकानु पर्ने हुन्छ अन्यथा जोडिएका सम्बन्धहरु सुमधुर बनाउन मुस्किल पर्छ ।

यस्तै अविवाहित केटा भन्दा विवाहित केटाको काँधमा जिम्मेवारी धेरै थुप्रीन्छ । हाम्रो समाज पितृ सत्तात्मक विचार धाराबाट चलिरहेको समाज हो जजसले जेजे भनेतापनि घर, परिवार र समाजसँगको सम्बन्ध सहिरुपमा स्थापित गर्न नसके महिला भन्दा पुरुषको क्षमतामा प्रश्न उठाईने गरिन्छ । यस कारण पनि तुलनात्मक रुपमा महिला भन्दा पुरुषका जिम्मेवारीहरु बढी हुन्छन् ।

यि जिम्मेवारी वहनमा कहि कतै चिप्लिदा सम्बन्धको सुमधुरतामा बाँधा पर्न जान्छ । पति पत्निको हकमा कुरा गर्नु पर्दा
असल, ईमान्दार, कर्तव्य निष्ट र सत्यवादी पति र पत्नि भए उनिहरुलाई मात्र होईन घरपरिवार र नाता कुटुम्भलाई समेत वैवाहिक सम्बन्धसँग असन्तुष्ट रहने ठाउँ हुदैन ।

वैवाहिक जिवनको वास्तविक सन्तुष्टिका लागि साथि छनोट गर्दा क्षेणिक लाभका लागि होईन समझदार,ईमान्दार, बाहिरि संसारबारे ज्ञान भएको, अवस्था अनुसारको निर्णय लिनसक्ने, कुनै पनि समस्याको समाधानमा क्षमता राख्नसक्ने, एक अर्काको पेशाको प्रकृति र कार्यशैलिका बारे ज्ञान भएको मानिस आवश्क हुन्छ । अन्यथा समझदारिमा अभावका कारण सम्बन्धमा पुर्ण सन्तुष्टिको कमि हुन्छ ।

अचेल प्राय सुनिने गरिन्छ वैवाहिक जिवनमा बाँधिसके पश्चात के प्रगति गर्नु सबै विग्रिन्छ । बुझ्न पर्ने कुरा के हुन्छ भने गाँसिएको नयाँ सम्बन्ध प्रकृतिको सृष्टिकालागि हो, सृष्टिको सौन्र्दयताकालागि हो र दुवै परिवार र समाजमा नयाँ आयामका लागि हो ।

वैवाहिक सम्बन्ध एक अर्का प्रतिको प्रेममय संसारको प्रतिक हो । यो दुर्भाग्य होईन नारि र पुरुष दुवैकालागि सौभाग्य हो ।

यस सम्बन्धलाई कसरी अघि बढाउने स्वयंम व्यक्तिमा निर्भर रहन्छ । उतार चढापका विचपनि सम्बन्धहरु कायम राख्नु, आदर सम्मान र सद्भाव एक अर्का प्रति रहि रहनु सम्बन्धको उचाई हो जो सदा प्रेमभक्तिले भरिएको हुन्छ ।

(लेखक लामो समयदेखि पत्रकारितामा कलम चलाउदै आउनुभएको छ।) 

प्रतिकृया

प्रतिकृया