राज ढुंगाना

गत शनिवार (भदौ ३ गते) केएमसी अस्पतालका डाक्टर सौगेन्द्र मण्डलको नेतृत्वमा ६ जनाको डाक्टर टोली र मधेसी राजनितिलाई नजिकबाट बुझेका युवा नेता कवलेश्वर यादवको पहलमा सुनसरी,सप्तरी र अन्य केही बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर संगै केही राहतका समाग्री बोकेर जाने निधो भयो । त्यही टिममा मलाई मिडिया कभरेजको लागि जान अनुरोध गरियो र मैलेपनि यस्तो विपतको बेला जाउ न भन्ने निधो गरे । तर स्वास्थ्यले साथ दिईरहेको थिएन । त्यसको बाबजुत पनि म पिडितको घाउको बास्तविक मर्म बुझ्न जाने निर्णय गरे ।

शनिबार विहानै जाने भनिएतापनि केही तयारी,राहातको सामानको व्यवस्थापन,औषधीको बन्दोबस्त गर्न केही समय लाग्यो । रेडियो र अनलाईनको काममा व्यस्त हुने अफिसियल समयलाई मिलाएर म सहितको हाम्रो टिम साझ पाँच बजे काठमाडौँको तिनकुनेबाट दुईवटा सुमो सप्तरीको राजविराजतर्फ लाग्यो । अर्को एकवटा राहातको सामाग्री बोकेको गाडी अर्को दिन हिड्ने भयो ।

करिव तिनदिनको यात्रा काठमाडौँको तिनकुने ,काभ्रेको बनेपा हुँदै सिन्धुली अघि बढिरहेको थियो । साँझ ढिलो हिँडेको कारण हामी राती करिव साँढे दस बजेतिर मात्रै खुर्कोट पुग्यौँ । डाक्टरको टोली नेता यादव र म गुरुहरु दुईजना खुर्कोटको कार्की होटलमा खाना खाने निधो गर्यौँ । खाना खाएपछि बस्ने कहाँ त भन्ने कुरा रह्यो । बर्दिवास पुग्न ढिलो हुने कारणले सबैले खुर्कोट बस्ने सल्लाह गर्यौँ । त्यही बसियो ।

आईतवार विहान हामी विहानै सबैजना फ्रेस भएर खुर्कोटबाट हिँड्यौँ । हामी यताबाट सम्पुर्ण तयारीका साथ गएका थियौँ । खासगरी हाम्रो उदेश्य बाढीपिडितलाई सामान्य स्वस्थ्य सेवा दिनुथियो । यो समयमा यतीपनि पिडितको लागि ठुलो राहात हुनेवाला थियो । बाटोमा हामी कुरा गर्दैथियौँ प्राकृतिक विपत्तीले कसैलाई नछोड्ने,केही समय अघि पहाडमा आएको भुकम्प र अहिले मधेसमा आएको बाढीको विषयले गाडीले बाटो कटाएको पत्तै भएन । हामी लहानमा राकियौँ । विहानै हिँडेकाले पनि केही खाएका थिएनौँ ।

त्यहाँ चिया खायौँ चिया खाएर हामी निरन्तर आफ्नो यात्रा अघि बढायौँ । हाम्रो कार्यस्थल सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ को राजदेवी मावी थियो । हामी विहान करिव ११ बजे राजविराज स्थित होटल आईगार्डेन पुग्यौँ । त्यहाँ खाना खाएर केही समयको पुर्वतयारी पछि हामी डाक्टरको टोली,औषधी र त्यहाँका केही स्थानिय अगुवासहित स्वास्थ्य शिविर स्थल पुग्यौँ । विहान अलि चाँडो कार्यक्रम हुन्छ भनेर त्यहाँका पिडितहरु पहिल्यै आइसकेका रहेछन । कार्यक्रम सुरु भयो ।

एकैछिनमा सयौँ विरामी आएपछि….

हामी बाढीपिडितको खास समस्या रहेको उनिहरुको स्वस्थ्यलाई कसरी समान्य बनाउने भन्नेतिरमा केन्द्रित भएर नै काठमाडौँबाट हिँडेका थियौँ । युवा नेता कपलेश्वर यादव भन्दैथिए-‘मधेसमा यहाँका जनताहरु स्वास्थ्यलाई हेलचेक्राई गर्छन,झन यतिबेला त उनिहरुको अवस्था स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने नाजुक छ,त्यसैले पनि हामीले हेल्थ क्याम्प रोजेको ।’

बिरामीको चेकजाँचपछि औषधी वितरण गर्दै चिकित्सकको टोली/तस्विर-राज ढुंगाना

जव हामी राजदेवी स्कुल पुग्यौँ यताउता हेरेको विरामी त एकदुई जना मात्रै छन । हामी गाडीबाट ओर्लियौँ र शिविर व्यवस्थापनमा खटियौँ डाक्टरहरुले औषधि व्यवस्थापन र आफुलाई चाहिने जाँच सामाग्री लिएर बस्दानबस्दै त्यहाँ ठुलो भिड भएको हामीले पत्तै पाएनौ । यसभन्दा अघि पनि म तराईका प्राय सबै जिल्लामा रिपोर्टिङको क्रममा पुगिसकेको थिए ।

बिरामीको चेकजाँच गर्दै चिकित्सक/तस्विर-राज ढुंगाना

केहीबेर अघिमात्र डाक्टरहरुको नेतृत्वमा रहनुभएका डाक्टर सौगेन्द्र भन्दै थिए त्यहाँका अगुवालाई के व्यवस्थापन गरेको एउटै मान्छे छैनन् त एकैछिनमा मान्छे जम्मा हुनु कुनै आश्चर्यको विषय होईन तराईमा किनकी पहाडमा जस्तो लामो दुरीमा घरहरु हुने र कतैकहीँ जना पर्योभने घण्टौँ लाग्दैन तराईमा किनकी समथर भुभाग र घरहरु एकठाँउमा गुजुक्क पारेर बस्ने भएकाले एकजनालाई थाहा भयो भने एकैछिनमा भिड लागिहाल्छ यहाँपनि त्यही भयो । त्यसपछि सुरु भयो स्वास्थ्य जाँच,औषधी वितरण कार्यक्रम । एकपछि अर्को गर्दै जम्मागरी झण्डै साँढे पाँच सय विरामीको जाँच र उनिहरुलाई औषधि वितरण गरियो ।

शिविरमा औषधीको ख्याल गर्दैनन् बिरामी

प्रायगरी शिविरमा निश्चित डाक्टर,निश्चित जनशक्ति र औषधि हुने गर्छ । तर अड्कलेको डाक्टर र औषधिले शिविरमा कहिल्यै सम्पुर्ण रुपले स्वास्थ्य सेवा दिन सकिदैन । तर बाढीपिडितमा त्यसो देखिएन उनिहरुलाई केवल औषधी चाहिएको छ र त्यो जस्तो भएपनि हुन्छ ।

पिडितसंग भलाकुसारी गर्दै नेता यादव/तस्विर-राज ढुंगाना

खासगरी त्यहाँ समान्य किसिमका रागीहरुलाई, छालाका रोगी,दम,ढाड दुख्ने,झाडापखालाको लागि मात्र औषधी लिएर गएको थियो टोली तर त्यहाँ अनेकौ किसिमका विरामी थिए । शिविर सकिन लाग्दा कतिपय बिरामीहरु जनचेतनाकै कमिले गर्दा डाक्टरहरुको सल्लाह हुदाहुदै पनि जस्तो भए नि दिनुहोस् न भन्दै लाईन लाग्दै थिए । पछि डाक्टरको टोली र म लगाएत शिविरलाई नियालिरहेका अगुवाले यहाँ दिईने औषधी र सम्बन्धित रोगका विषयमा हामिले सचेत गराएको थियौँ । यस्तो अवस्थाले हामिलाई नरमाईलो लागिरहेको थियो ।

एक शिक्षकले यस्तो पनि गरे……..

शिविर सकिदै थियो,सहज किसिमको वातावरणमा डाक्टरहरुको टोलीले स्वास्थ्य जाँच गरिरहेका थिए । करिव पाँच सय विरामीलाई जाँच गरिसकेपछि अव हामिले रावदेवीको शिविरलाई भनेर ल्याएको औषधि सकियो । तर बिरामी थिए । नेता यादव भन्दै थिए ‘अव हामीसंग औषधि छैन के गर्ने ?’ डाक्टरहरुको टोलीले हामी जाँच गछौँ आएका बिामीलाई फर्काउन त भएन नि भनेर चेकजाँच निरन्तर अघि बढ्यो । दिनभरी गर्मिको प्रवाह नगरी आफुले सकेको सहयोग सबैतिर बाट हुदैथियो ।

तस्विर-राज ढुंगाना

तर औषधि नसकिदा सम्म चुप लागेका त्यहाँका एक शिक्षक बिरामीलाई जाँच गर्दै फर्काउदै गरेको तस्बिर तथा भिडियो खिच्नतर्फ लागे यसो गरिरहेको टोलीका डाक्टर बिक्की पट्टेलेले ख्याल गरिराखेका रहेछन । त्यसपछि केही स्वयसेवकले त्यस्तो नगर्न आग्रह गर्दै थिए, उनि अटेर गर्दै खिच्दै थिए त्यसपछि त्यहाँ एकैछिन तनावको स्थिती बन्ने अवस्था आएको थियो यद्यपी त्यहाँ खटिएको प्रहरी हवल्दार बालकृष्ण निरौलाको नेतृत्वको टिमले अवस्था भड्किन दिएन । दिनभरी शिविरलाई सफल बनाउन कस्सिएका डाक्टर स्वयमसेवक, स्वयम म अलिकती निरास भयौँ । तराईको चेतनामा शिक्षकको स्तर कति रहेछ भनेर मैले मनमनै प्रश्न गरिरहे ? यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता बन्लान ? मलाई लाग्यो उनि शिक्षक नभएर कूनै एक राजनितिक दलका कार्यकर्ता थिए र त्यो भिडियो तथा फोटो देखाएर सामाजिक सञ्जालमा राजनितिक मसला बनाउने तयारीमा थिए ।

बाढीले आक्रान्त बालबालिकासंग रमाउदा……

खासगरी हामी खाँडो खोलाले डुबानमा पारेको स्थानमा थियौँ । केही दिनको निरन्तर बाढीका कारण त्यहाँ सबैको घरबस्ती डुवाएको थियो भने धेरैको अन्नबाली नष्ट गरेको थियो कतिको त जमिन नै खोलाको कटानमा परेको थियो ।

बाढीपछि विस्तारै लयमा फर्कदै विद्यार्थी भलिबल खेल्ने क्रममा/तस्विर- राज ढुंगाना

आईतबारको दिन भएपनि खासै बिद्यार्थी बिद्यालय आएका थिएनन् । तर केही संख्यामा आएका बालबालिकासंग रमाउने अवसर पनि पाइयो विद्यार्थीलाई बाढीको डरलाई सामान्य पार्न त्यहाँ भलिबल खेलाईएको थियो । त्यही मौकामा मैले पनि उनिहरुसंग साक्ष्तकार गर्न पाए ।

बिद्यार्थी बस्ने कोठामा हिलोको थुप्रो !

शिविरको दोस्रो दिन हामी सप्तरीको राजविराजबाट कोशि ब्यारेज हुँदै सुनसरीको भोग्राह गाँउपालिका वडा नम्बर ७ स्थित एक प्राईभेट स्कुल बुदनी ईङ्गलिस बोर्डिङ स्कुलमा गयौँ । त्यहाँ पनि अघिल्लो दिनको झै बाढीपिडित बिरामी निशुल्क स्वास्थ्य सेवा लिनको लागि आएका थिए । त्यहाी पनि निरन्तर शिविर सञ्चालन चल्दै थियो त्यही क्रममा म बाढीपिडितको अवस्था के छ भन्ने विषयमा जान्न चाहन्थे ।

बाढी पसेपछि विद्यालयमा छरपष्ट बेन्च टेबल/तस्विर- राज ढुंगाना

कक्षाकोठामा जमेको पानी उठाउन राखिएको बाल्टिन/तस्विर- राज ढुंगाना

खासगरी हामि गएको भाग्राहको यो ठाँउमा सुनसरी खोलाले डुवानमा पारेको रहेछ । हामी गएको दिनपनि स्कुलको अवस्था नाजुक थियो । बेन्च,टेबुल सबै भिजिेको थियो बिद्यार्थी बस्ने कोठामा हिलोले भरिएको थियो । ट्वाईलेटमा भेल पसेर जान नहुने बनेको थियो ।

खाने,बस्ने र टेक्ने जमिन छैन सरकार के हेर्देछ ?

स्थानियको अनुसार त्यहाँ भदौ १ गते झण्डै चार फिट भन्दा बढी पानी जमिनमा थियो । भएका सबै बस्ति डुबेको थियो । घरपालुवा जनावरलाई नजिकैको स्कुलमा राखिएको थियो । मात्र त्यहाँ घाँटीभन्दा माथीको भाग कसरी बचाउने भन्ने थियो बाँकी शरिर त सबै डुबेको थियो । यस्तो अवस्थामा त्यहाँ उच्च मात्रामा दम,छाला रोग र झाडापाखलाले ग्रस्त बिरामी उल्लेखनिय थिए । अधिकांशको लाउने कपडा खाने अन्न सबै बाढीले बगाएको थियो । यही गाँउमा एक महिलालाई त बाढीले बगाएर मार्यो पनि । दर्जनको संख्यामा बस्तुभाउ बगाएको स्थानिय बताउदै थिए । वडा नम्बर ७ मा बस्ने बस्नेत मण्डल भन्दै थिए-‘मेरो त सुनसरी खोलाले दुई बिघा जमिन नै बगायो,पापी रैछ दैब अन्न फलाउने जमिन नै नभएपछि यसपालि त भोकमरी लाग्ने भो ।’उनले भने-‘अझै त्यो रातको सम्झना आउछ,एकैछिनमा हेर्दाहेदै बाढी गाँउमा पस्यो यती ठुलो पानी कहिल्यै परेको थिएन र गाँउमा यसरी बाढी पसेको पनि थिएन ।’

आफ्नो गुनासो राख्दै बाढीपिडित

अर्का स्थानिय शिवनन्दन शाह पनि निरास हुदै भन्दै थिए -‘सर’ जमिन त बगायो, बगायो भएको जमिनमा पनि धान फल्दैन यसपाला । उनले अक्रोशित हुँदै भने-‘त्यसमाथी नजिकैको एक उद्योगको रसायन धानखेतमा बाढीसंगै पसेपछि बाढीले असर नगरेको धानखेतीमा पुर्ण असर गर्छ र सबै मेरर जान्छ केही हुदैन । जवसम्म त्यो उद्योगको रसायन पुर्णरुपमा व्यवस्थित हुँदैनन् तव सम्म हामिले बर्षैपिच्छे यस्तो समस्या भोगिरहनुपर्छ ।’ सुनसरी खोलाले आसपासका सबै जमिनलाई कटान गरेको छ भने यो खोलाले अधिकांश अन्नखेती नष्ट गरेको छ ।

पहाडको भुकम्पमा जति सुस्त त्यती नै सुस्त बन्यो सरकार तराईको बाढीमा

जसरी पहाडको भुकम्पमा परेर अहिले पनि जनता घरबार विहिन छन । तत्कालिन समयमा राहात तथा उद्धारमा पनि सुस्त बनेकैलै जनताले सरकारको तिव्र आलोचना गरेका थिए ।

सुनसरी खोला पसेपछि डुवानमा परेको धानखेती/तस्विर- राज ढुंगाना

त्यो अहिले पनि कायम छ कारण भुकम्पपिडितले घर बनाउन अनुदान नपाउनु । त्यस्तै बाढी पिडितको हकमा पनि त्यही लाागु भयो यसपाली । सरकारले बाढीपिडितलाई तत्काल राम्रो ठाँउमा सार्न सकेन । उनिहरुको अन्न तथा अत्यावश्यक सामाग्रिको सहज व्यवस्थापनको लागि पनि सचेत गराउन असफल रह्यो सरकार त्यही आक्रोस थियो

तस्विर- राज ढुंगाना

सुनसरी भोक्राहका बाढीपिडितको पनि । पिडित उमेश यादव भन्दै थिए-‘एक केजी मुगी र दालले टार्यो सरकारले केही गरेन अरु ।’ उनि भन्दैथिए-‘जहाँपनि पिडित मनुपर्ने यहाँपनि त्यही भयो हुने खानेले बोराका बोरा चामल लिएर गए धनिलाई राहात नै राहात हामी एउटा धोती लगाएर बसेका छौ, जिउ नाङ्गो छ, खाने अन्न छैन , सरकार हेलिकप्टर लिएर आकाश घुम्दैमा ठिक छ । मेरो परिवार ६ जनाको छ, घरमा बस्तुभाउ पनि बगायो ।’ दैव लागेपछि सबै लैजादो रहेछ उनले गहभरी आँशु पार्दै भने ।

तस्विर- राज ढुंगाना

तस्विर- राज ढुंगाना

तस्विर- राज ढुंगाना

तस्विर- राज ढुंगाना

तस्विर- राज ढुंगाना

प्रतिकृया

प्रतिकृया