१६ भाद्र,धादिङ । थाक्रे गाउँपालिका २ सिम्लेमा बिहिबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सिम्ले महाकाली बहुमुखी क्याम्पस भवन निर्माण तथा शैक्षिक गुणस्तर बृद्धिका साथै पितृ मोक्षको लागी आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको एमाले नेता तथा धादिङ क्षेत्र नम्बर तिनका सांसद राजेन्द्र पाण्डेले विहीबार उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि मन्तव्य राख्दै पाण्डेले   भवन निर्माणका लागि आयोजित महायज्ञमा आफ्नो तर्फबाट २५ लाख रुपैँया प्रदान गर्ने बताए ।

तर यसको लागि अभिभावकहरुले पनि भवन निर्माणका लागि सहयोग गर्नु पर्ने पाण्डेले बताए । साँसद पाण्डेले बिद्यालयको भौतिक सुधारका लागी सबै एकजुट हुनु पर्ने बताउदै जिल्लाको शिक्षा क्षेत्रको विकासको लागि आफुले पहिल्यै देखि काम गर्दै आएको र त्यो निरन्तरता रहने बताए । नेता पाण्डेले केही महिना अघिपनि गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणको निम्ती पाँच करोड लगानी भित्र्याएका थिए । उनले धादिङका विभिन्न् विद्यालय तथा क्याम्पसहरुमा सांसद कोषबाट आउने रकमलाई प्रयोग गरेका छन ।

महायज्ञमा मधुरबाणीका धनि बाचन सिरोमणी पण्डित दिनबन्धु पोखरेलको मुखारबृन्द बाट शुक्रबार देखी कथा बाचन हुने भएको छ । महायज्ञ अवधीभर सँगितमय भजन किर्तन , शान्ति कलश पुजन , सहस्र शालिकग्राम पुजन लगायतका रहेका छन् ।
सप्ताह ज्ञान महायज्ञमा दान गर्नुहुने भतmजनलाई सम्मान तथा कदर गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया