१७ भाद्र,विरगञ्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले एमालेले संबिधान संशोधन पास हून नदिएर तराई–मधेसका जनताको अधिकार खोस्न लागी परेको बताएका छन ।

स्थानिय निर्वाचनमा तराई–मधेसबाट एमाले बढारिने उनको दावी छ । एमालेको उग्रराष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले देशलाई जातिय द्धन्दमा धकेल्न लागेको बताउदै यि दूवै पार्टी अतिबादी भएको समेत बताए ।

बाढीले मधेस डूब्दा र मधेसीको दूखमा समेत राजधानी छोड्न नसक्ने मधेसी मोर्चाका नेताले कूनैपनी हालतमा मधेस र मधेसी जनताको पक्षमा काम गर्न नसक्ने बताउदै उनीहरूले मधेसका जनतालाई सधै सत्ताको प्राप्तीको साधन मात्र बनाएको बताए ।

नेपाली कांग्रेस बिरगंज महानगरपालिका वडा नं–२२ ले जगन्नाथपूरमा आयोजना गरेको ूचूनावी सभा एवं पार्टी प्रवेश कार्यक्रमू लाई सम्बोधन गर्दै डा. कोईरालाले तराई–मधेसमा एमाले र मधेसी पार्टीहरूले बिस्वास गूमाईसकेको बताउदै प्रदेश नं–२ मा नेपाली कांग्रेस पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने पनी बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा),संघिय समाजबादी,नेकपा एमाले,माओवादी केन्द्र,राप्रपा,जिल्ला एवं गाउँ तहका जना १ सय ८१ नेता एवं मधेस आन्दोलनमा शहादत प्राप्त गरेका दिलिपकूमार चौरसियाका बूवा र दाई नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

नव प्रवेशीहरूलाई डा. कोईरालाले टिका र माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयरका उम्मेदवार अजय दूवेद्धी,सांसद राजेन्द्र दूवेद्धी,सांसद राजेन्द्र अमात्य,काँग्रेस नेत्रृ शान्ती कार्की लगायतले मन्तब्य राखेका थिए ।

प्रतिकृया

प्रतिकृया