मोवाईल सबै मानिसको ‘पर्याय’ झै बनेको छ । दैनिक जीवनमा मोवाईल यस्तो सारथी बनेको छ जसले हरतरह सञ्चारका माध्यमबाट जो कोहीलाई जहाँसुकै जोडिरहेको हुन्छ । सन्देश प्रवाह गर्ने उदेश्यले सुरु भएको मोवाईल, आवश्यकता हुँदै बिलाशिलता सम्म आईपुगेकोछ । यो सब मोवाईलमा आएको बिकाससँगै बढेको मानिसका असिमित चाहनाहरुकै उपज हो । असिमित आकाँक्षाहरुको परिपूर्तीका लागि हुने मोवाईल व्यापारमा करोडौँ अपेक्षाहरु पनि गाँसिन्छ । यही भीडमा आफूलाई अब्बल स्थापित गर्दै पहिलो नम्बरमा रहेको ब्राण्ड हो – सामसुङ । मोवाईलको बजारमा निरन्तर नम्बर १ बन्न सफल सामसुङका ब्यापारिक राजबारे बुझ्न यस्को आधिकारिक ‘डिस्ट्रिब्युटर’ सँस्था ईन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आईएमएस) का अध्यक्ष दिपक मल्होत्रासँग हेडलाईन नेपालले गरेको कुराकानी  :

ट्रेड विजिनेसमा अहिले चुनौतीहरु केके देख्नुभएको छ ?

मेरो आफ्नो ट्रेड विजिनेस भनेको मोबाईल फोन हो । त्यो विजिनेसमा कुनै समस्या नै छैन । विगत केही वर्ष अगाडी यसमा निकै चुनौतिहरु थिए । किन भने हाई भ्यालु आईटम, सानो चिज महङ्गो पर्ने, खुल्ला सिमानाका कारण चोरी पैठारी हुन्थ्यो । त्यसले गर्दा हामीले भन्सार तिर्नुपर्ने हुन्थ्यो । लिगल च्यानलबाट हामीले जुन डिस्ट्रिव्युटरहरुको रुपमा हामीले ल्याउँछौँ फोन । हामीले चोरी पैठारीबाट आएको फोन रोक्नै नसक्ने स्थिती थियो । त्यसले गर्दा त्यतिबेला धेरै गाह्रो थियो । हामीले बारम्बार सरकार तथा अर्थमन्त्रीकहाँ गएर सल्लाहहरु गर्यौँ । पछि मोबाईल फोनमा ड्युटी फ्रि गरिदिनुभयो । अहिले हामीले तिरेको भ्याटमा ४० प्रतिशत मात्र तिर्दा हुन्छ । जसकारण मैले गरेको ट्रेड विजिनेसमा कुनै समस्या छैन । एकदमै राम्रो छ ।

विगतमा भन्नुभएको थियो, बाहिरबाट जतिपनि मोबाईल आउँछन् र बेचिन्छन् त्यसको सिस्टम हुनुपर्छ । त्यसले आयमा पनि सरकारलाई असर गरिरहेको हुन्छ, त्यो कुरा किन अघि बढेन ?

हामीलाई ड्युटी फ्रि गरियो र ६० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा ल्यायो । त्यसपछि नघटाउने भन्यो । हामीले माग गर्यौँ, हामीले पुरा भ्याट तिछौँ, केही भन्सार पनि तिछौँ । तर सरकारले गृहमार्केटलाई बन्द गर्नुपर्यो । सरकारले बन्द गर्छुभन्दैमा यो बन्द हुँदैन । खुल्ला सिमानाका कारण । त्यसको लागि एउटा यस्तो सजिलो तरिका छ कि, आईएमईआई नंबर ब्लक गर्ने, यसलाई ह्वाईट लिष्ट भनिन्छ । यो ब्लक भैसकेपछि गैरकानुनी रुपमा आएको फोन नेपालमा चल्दैचल्दैन । कानुनी रुपमा नेपाली डिस्ट्रिव्युटरमा आएको फोनमात्र चल्छ । हार्मील्े फोन ईम्पोर्ट गर्नुभन्दा पहिला आईएमईआई नंबर नेपाल टेलीकमलाई पास गरिदिन्छौँ । टेलिकमले त्यो आईएमईआईलाई एनसेल, नेपाल टेलिकम लगायतमा पास गरिदिन्छौँ । उनीहरुको सिस्टममा पठाईन्छ । हामीले त्यो नंबर सिस्टममा ईन्ट्री गर्दा म्याच भयो भने मोबाईल चल्थ्यो । त्यो धेरै सजिो थियो । यो भैदिएको खण्डमा नेपालमा हरेक कानुनी रुपमा आएको मोबाईलफोन मात्र चल्थ्यो । उपभोक्ता ठगिने सम्भावना कम हुन्थ्यो । तर अब यो लागु गर्ने कुरामा बारम्बार मोबाईल असोसियसनको तर्फबाट धेरै छलफल गयौँ । अस्थिर सरकारका कारण समस्या आईरहेको छ । यसमा एनसेल तयार भैरहेको छ तर नमस्ते मोबाईल तयार भएको छैन । हाम्रो प्रयास जारी छ । हामीले सरकारसँग भनेका छौँ, जुनदिनसम्म यो कुरा लागु हुन्छ, हामीसँग भ्याट, भन्सार दुवै लिनु, हैन भने चोरीपैठारी बढिरहन्छ ।

पछिल्लो समयमा विभिन्न आईटमका मोबाईलफोनहरु भित्रीरहेका छन्, कोहीले क्यामेरामा फोकस गरिरहेका छन्, कोसैले केलाई फोकस गरेका छन् । तर स्यामसुङ मोबाईल टसको मस भएको छैन, यसले आफ्नो पोजिसन यथावत राखिरहेको छ, पहिलो नंबरमा बसिरहेकै छ । यो सफलताको राज के हो ?

एउटा विश्व बजारको कुरा छ, एउटा नेपालको कुरा छ । मैले २००१ देखि स्यामसुङ बेच्न सुरु गरेको । त्यतिबेला नोकिया फोन हावी थियो । स्यामसुङ कसैले हेर्दैनथ्यो । तर मेरो एउटा निरन्तर प्रयासले गर्दा विश्वबजार भन्दा नेपालमा स्यामसुङको शेयर बढी छ । नेपालमा अहिले ४८ प्रतिशत स्यामसुङको शेयर छ । तर विश्वबजारमा हेर्ने हो भने २५ ३० प्रतिशतको हाराहारीमा छ । यसमा मेरो आफ्नो पनि कुरा छ र कम्पनिको पनि सहयोग छ । सारा कुरा छ । अहिले चाईनिज मोबाईलहरु आएर यति ठुलो खर्च विज्ञापनमा खर्च गरेको छ । स्यामसुङ अहिले आफ्नो ठाउमा बसिसकेको छ । उसले ईज्जत कमाईसकेको छ । अब उसले केमा खर्च गर्दछ भने, रिसर्ज एण्ड डेभलपमेन्टमा भयङ्कर खर्च गरेर बनाएको छ । त्यसमा कहिले कस्को कुनै कारणले कमिकमजोरी आउनु आफ्नो ठाउँमा छ। हैन भने सामसुङ भनेपछि एउटा ब्राण्ड बनिसक्यो । अर्को कुरा त स्यामसुङ सिम्बोल अफ द प्रेस्टिज पनि भयो । एकाथरि मान्छेले त स्यामसुङमात्र प्रयोग गर्दछन् । निम्न वर्गका कुरा, चाईनिज सामानहरु सस्तो आईरहेको छ । तर सामसुङले एउटा यस्तोे पोलिसी बनाईरहेको छ । भाउ यति घटाईदिन्छ सामसुङले । यो गर्दा बजारमा कमपेयर गर्दा सामसुङ नै सस्तो पर्छ । एउटा नामको कारणले नि सामसुङ नै किन्छ मान्छेले । त्यसै कारणले नि हामी ४८ प्रतिशतमा छौँ । बाकीँ कुरा, आफ्नो सेल्स सभिर्स देखि सारा कुरा, विज्ञापनमा धेरै खर्च गरेको छैन । कस्टोमरहरुलाई डाईरेक्ट बेनिफिट कसरी दिलाउने भन्ने कुरामा र विक्रिपछिको सेवा कस्तो बनाउने भन्ने कुरामा यसले खर्च गरिरहेको छ । फोन सस्तो गरिरहेको छ । विज्ञापनमा खर्च गर्नुपर्दैन, यो अलरेडि नै स्टाबलिस्ट भैसकेको छ ।

भनेपछि मोबाईल विजिनेसबाट तपाईँ एकदमै ह्याप्पी हुनुहुन्छ ?

मैले नेपालमा मोबाईल विजिनेस गरेको २१ वर्ष भयो । जिवनमा सबैभन्दा बढि समय मोबाईल विजिनेसमा नै काम गरेँ । आज मलाई सामसुङकै नामबाट चिन्छन् । म खुसी छु ।

तपाईले चारचक्के गाडीमा नि हात हाल्नुभयो, सको पोजिसन के छ ? यसलाई कसरी हेर्नुभएको छ ?

मैले कोरियन ब्राण्डको स्याङ्गयोङ्ग  गाडीलाई नेपालको एजेन्सी बनाएँ । पहिला कसैको थियो एजेन्सी तर कुनै कारणबस त्यति चलाउन नसकेको कारणले त्यसलाई मैले टेकओभर गरेँ । करिब १ वर्ष भयो, मैले यसलाई लिगेको । स्याङ्गयोङ्ग  ब्राण्ड मेरो कम्पनीलाई जसरी सामसुङले एउटा पोजिसन सहिसँग राखेको छ, स्याङ्गयोङ्ग को ईज्जत आफ्नो ठाउँमा राखेको छ । यसमा जिप भन्ने गरेका सानो कारहरु छैन, त्यो भैदिएको भए म्याक्सिमम क्वान्टिटी हामीले बेच्न सक्थ्यौँ । त्यो नहुँदा १ वर्षमा हामीले जम्मा ६०/७० ओटा बेच्यौँ । जुन चाहिँ एकदम राम्रो मान्छु किनकी महङ्गा गाडी मात्र छन् । अरु कमीकमजोरीहरु धेरै थिए जस्तै हाम्रो गाडीको आफ्ना सर्भिस सेन्टर छैन त्यसले गर्दा पनि बजारमा अलिकति, पार्टस नभएको भन्ने गलत ईमेज थियो पहिले , अयहले यो छ । अब हामीसँग नभएको साना गाडीहरु मात्र हो । अरु कुरामा हामी अहिले धेरै अगाडी पुगिसक्यौँ ।

अहिले चारचक्के गाडीको कुरा गर्दा, नेपालमा स्टाबलिस्ट भैसकेका धेरै ब्राण्डहरु छन् । तिनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छ कि छैन ?

गाह्रो छ, यसलाई स्वभाविक रुपले लिनुपर्छ । प्रतिस्पर्धा धेरै छ । तर हाम्रो निरन्तर मेहनत र आफ्नो लगनशिलता हुनु नै पर्छ । जस्तै मोबाईलफोनमा मैले निकै संघर्ष गरेँ, जसले गर्दा अहिले ४८ प्रतिशतमा राखेर बसिराछु । त्यहि सामसुङ अरु देशमा ४८ प्रतिशतमा छैन । त्यहि लगनशिलता मैले अहिले गाडीमा संघर्ष गरिराछु, त्यसले गर्दा अहिले अलिकति मुल्य महंगो पर्न आईरहेको छ । किनभने, केही ब्राण्ड गाडीहरु ईण्डियामा उत्पादन भएर नेपालमा आउँछ, तर हाम्रो चाहिँ कोरियामा उत्पादन भएर नेपाल आउँछ । जनताको बुझाई पनि के छ भने, ईण्डियामा बनेको गाडीहरु सस्तो हुन्छ तर कोरिया तथा जापानमा बनेको गाडी महँगो हुन्छ र टिकाउ पनि हुन्छ । त्यसले गर्दा म अहिले यो ठाउँमा त पुगिसकेँ । आशा छ, भोलीका दिनमा मेहनत गर्दै जाँदा हामी अरु गाडीको दाँजोमा आउन सक्छौँ ।

हाम्रो मुलुकमा कुरा गर्दा, हजुरले मार्केटिङ गर्नुहुने गाडी कत्तिको सुहाउँदो छ ?

हाम्रो मुलुकको कुरा गर्दा हाम्रो यहि गाडी नै सुहाउँछ । बाटोहरु खाल्डाखुल्डीहरु धेरै छ, कारहरु कसरी लैजाने ? त्यसैकारण वास्तवमा नेपाललाई यहि गाडी आवस्यक छ । तर बाटो साँघुरो तथा काठमाण्डौँ उपत्यकामा भने सानो गाडीहरु नै उपयुक्त हुन्छ, तर त्यो हाम्रोमा छैन ।

चाडपर्वहरु नजिकिँदै छ, यसलाईलाई ध्यानमा राख्दै उपभोक्ताहरुलाई के भन्नुहुन्छ ?

गाडीको भर्खरै नाडामा प्रचार सुरु भएको छ । निकट भविष्यमा हामी अन्य मोडलका गाडिहरु ल्याउँदै छौँ र साईननले पनि २०१९ देखि ईलेक्ट्रिट गाडि भित्राउँदैछ । स्याङ्गयोङ्ग गाडी महंगो छ र सर्भिस सेन्टर छैन भन्ने जुन गलत धारणा छ, त्यो अब टोटल्ली चेन्ज भैसकेको छ, हामीले सबै व्यवस्था मिलाईसकेका छौँ । यो हुनाले एकपटक गाडी चलाएर हेरिदिनुस्, भन्न चाहन्छु ।
मोबाईलको कुरा गर्दा, सामसुण्को मात्र नभएर एउटा विक्रेताको नाताले म के भन्न चाहन्छु भने बिल सहितको मोबाईल किन्नुहोला, यसो हुँदा कानुनी रुपमा नै मोबाईल खरिद गरेका हुन्छौँ । गैरकानुनी रुपमा आएका मोबाईलहरुको बिल हुँदैन । त्यसो हुनाले मोबाईल किन्दा बिल सहितको मोबाईल किन्नुहोला । अन्त्यमा आउँदै गरेको दशैं, तिहार छठ लगायतको चाडहरुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया

प्रतिकृया