२४ भाद्र, काठमाण्डौँ । ३८औं शिक्षा दिवसको अवसरमा अनेरास्ववियु केन्द्रिय शैक्षिक विभागद्वारा छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम श्री सातमुल मा.वि. नमोबुद्ध ५ मा सम्पन्न भएको छ ।

सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि नमुना विद्यालय निर्माण अभियान शुरु गरेको अनेरास्ववियुले काभ्रेको सातमुल मा।वि लाई नमुना विद्यालय बनाउने गरी शुरुवात गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।

“राम्रो विद्यालय, हाम्रो विद्यालय” अनुरुप, अनेरास्ववियुले मुलुक भरी नै नयाँ आयाम ल्याउन तत्पर रहेको र शुरुवात पनि भइसकेको अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामा बताउछिन् ।

सार्वजनिक शिक्षा निशुल्क हुनुपछ, अनिवार्य हुनुपर्छ अनि गुणस्तरिय हुनुपर्छ भन्ने कुरा राख्दै कार्यक्रमको अध्यक्षता केन्द्रिय शैक्षिक विभागीय प्रमुख माधव पन्तले गरेका थिए भने सो कार्यक्रम सञ्चालन केन्द्रिय शैक्षिक विभागका सचिव ई। सुरज गौतमले गरेका थिए ।

सो कार्यक्रममा २०० विद्यार्थीको लागि कापी कलम संग–संगै खेलकुद सामाग्रीहरु पनि वितरण गरिएको थियो । सो कार्यक्रम मार्फत अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामाबाट तपशिल बमोजिमको प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

नममुना विद्यालय अन्तर्गतको यस विद्यालयमा १ वटा कम्प्युटर सहित इन्टरनेटको व्यवस्था गरिने, विद्यार्थीको स्वास्थ्य बिमा गरी करिव ३ महिनाको अवधिमा एक पटक स्वास्थ्य जा“चको व्यवस्था गरिने, भलिवल मैदान, टेवलटेनिस र्बोड निर्माण गरिने, विज्ञान प्रयोगशाला निर्माण गरिने, विद्यार्थी पार्क सहितको लाइब्रेरी निमार्ण, विभिन्न क्षमता वृद्धिको लागि तालिमको व्यवस्था, विभिन्न विषयका विषयगत शिक्षको व्यवस्था गर्ने पहल गर्न लगाउने र स्वयमसेवक शिक्षक व्यवस्था गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै नमुना विद्यालयमा पौष्टिक आहाराको लागि शिक्षा कार्यालय एवं सम्बन्धीत निकायमा पहल गरिने, अंग्रेजी भाषामा पढाइको लागि पहल गरिने र हाम्रो विद्यालय राम्रो विद्यालय, हाम्रो विद्यालय नमुना विद्यालय बनाउने व्यवस्था साथै उत्कृष्ट ५ जना क्भ्भ् उतीर्ण विद्यार्थीलाई कक्षा ११–१२ निशुल्क पढाइने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया