२४ भाद्र,काठमाडौा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा मत माग्ने नैतिक धरातल गुमाइसकेको आरोप लगाएका छन ।

शनिबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले गरेको साक्षात्कारमा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन । ‘एमालेको मत माग्ने नैतिक धरातल कमजोर छ, नागरिक एमालेसँग रुष्ट छन् । वास्तवमा भन्ने हो भने एमालेले धरातलीय यथार्थ गुमाइसकेको छ । यो पटकको चुनावमा नागरिकले एमालेलाई मतदान गर्दैनन्’ उनले भने ।

पहिलेदेखि नै मधेश विरोधी अभिव्यक्ति दिँदै आएका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीका कारण मधेशका नागरिक एमालेप्रति रुष्ट भएको प्रचण्डकोे भनाई छ । ‘एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेशका नागरिकले एमालेलाई मन पराएनन्’ उनले भने।

प्रचण्डले चुनावअघि सरकार परिवर्तन असम्भव रहेको समेत बताए । उनले नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीर्घकालिन बनाउने बताएका छन। प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचार(प्रसारका लागि प्रदेश नम्बर २ मा रहेका प्रचण्डले दुई पार्टी बिचको सम्बन्ध मजबुत बन्दै गएको बताए ।

‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकता अनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’ प्रदेश नम्बर २ को चुनावमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले दुई दलबिचको तालमेल प्रभावित भएको उनको स्वीकारोक्ति रहेको छ ।

प्रतिकृया

प्रतिकृया