२४ भाद्र,धादिङ । कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जामको झण्जट, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । प्रश्न गर्नै नपाइने, गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै धम्की र दुव्र्यवहार । होटल सञ्चालकहरुले असुल्ने मनपरी मूल्यको कुरा गरी साध्य छैन ।

धादिङमा पर्ने राजमार्गका होटलहरुमा मनोमानी मुल्य र दादागीरी रोक्ने बहानामा प्रायजसो अनुगमन भईरहन्छन् । तर अनुगमन अनुगमनमै मात्र सिमित । खानामा अखाद्य सामग्री मिसाएको गुनासो गर्नु सामान्य भइसक्यो । खाना सफा भएन भन्दा होटल सञ्चालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेको सर्वसाधारण यात्रुहरुले बताउने गरेका छन् । त्यति मात्र होइन पछिल्लो समय यात्रुहरु भोको पेटमा दुव्यवहार र झण्जट व्यहोर्नुभन्दा होटल नजिकै रहेको कोल्ड स्टोर्समा विस्कुट चाउचाउ तथा अनय पेय पदार्थ किन्दा समेत होटल संचालकको दुवयवहार सहन वाध्य भयका छन् ।

केही दिनअघि पत्रकार विवेक अर्यालले समेत रु ८० को रेडवुललाई रु १५० र रु २० को विस्कुटलाई रु ५० तिर्न वाध्य हुनुप¥यो । पत्रकार विवेकका अनुसार “होटलको साइडमा रहेको कोल्ड स्टोर्स मालिकले चर्को मुल्य भनेपछि किन यत्ति महगों चाडवाड नजिकिएर हो भनेर प्रश्न गरें , पसल साहुनिले एकछिन है भनेर होटलतिर गईन तर एकैछिनमा होटलको काउन्टरमा रहेका होटल संचालक र ४ जना होटल मजदुर त्यहा आएर म माथी धमक्याउन थाले । ” उनिहरले भन्दै थियकी “ त को होस ठुलो कुरा गर्ने, मान्छे चिनेको छस, अरु सवैले चुप लागेर यहि मुल्य तिरेका छन् तैले हल्ला गर्छस, मान्छे चिन भन्दै अपशव्द वोल्दै हातपात गर्न तम्सिए, त्यस पस्चात हातपात हुनवाट जोगिन मैले आफुसंग भएको पत्रकार परिचय पत्र देखाए। अनि तिनिहरु एकाएक गरेर आआफ्नो वाटो लागे ।

पृथ्वी राजमार्ग अन्तरगत गल्छी गाउपालीकाको भल्टारमा रहेको राजधानी होटलको विरुद्ध उनले टेलिफोन मार्फत जिल्ला प्रशासन कार्यलय धादिङ, नेपाल पत्रकार महासंघ धादिङ, उद्योग वाणिज्य संघ धादिङ, उपभोक्ता हित संरक्षण मंचमा मौखिक उजुरी गरेका छन् । टेलिफोनवाट जानकारी दिदां सवैवाट सहानुभुती आएपनि उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष वोधनाथ दुवाडिले भने उल्टै होटल संचालकले ठग्न पाउने भन्दै तर्क गरेका छन् ।

उनले भने “राजमार्गको होटलमा स्तर अनुसारको होटलहरु छन् ति मध्य कतिपय होटलमा रु १० मा पाईने चिया समेत स्तरिय होटलमा रु ३० देखि ४० सम्म पर्ने गर्दछ । त्यो सामान्य हो । तर तपाईहरु कतिपय नाम चलेका पत्रकारहरु नै राजमार्गका होटलहरुमा पैसाको वार्गेनिङ गर्ने र अनावश्यक लफडा गर्ने गरेको जानकारी समेत हामिलाई आउने गरेको छ ” भन्दै तर्क गर्दछन । पत्रकार अर्याल त एक उदाहरणिय पात्र मात्र हुन् । यी र यस्ता गतिविधि त कयौं छन् । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने प्रत्यक यात्रुहर दिनहु ठगिइरहन्छन । ति मध्य छिटफुट घटना मात्र गुनासोमा आउछन ।

हुनत व्यवसाय र उद्योग धन्दा गर्नेहरुको हकहितको लागी स्थापना गरिएको उद्योगीहरुको साझा संस्था उद्योग वाणिज्य संघ नै चोर व्यापारी र तस्करहरको साक्षीको रुपमा उभिन्छ भने गुनासो गर्ने आधारै के रह्यो र ?

यस अघी पनी यस्तै घटना नभएको भने होईन काठमाडौंबाट चितवन जाँदै गरेका केशव बस्नेतले पृथ्वी राजमार्ग स्थीत बेनिघाटको एक होटलमा मःम खान पैसा तिरेर टोकन काटे । पैसा तिरेको चिट लगेर भान्सामा बुझाए ।

केही समयमा मःम त आयो । तर मःम काँटा चम्चाले टिप्नै नमिल्ने सानो थियो । उनले भने, ‘हेर्नुहोस धादिङमा जहानिय राण शाशन अझै हटेको रहेनछ ।, होटलवालाले उल्टै थर्काउँदो रहेछ प्रश्न गर्नै नपाईने यो कस्तो परम्परा हो !’
“खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको दुई त्यान्द्रो चाउमिन पनि खान सकिएन, होटलवालासँग बोल्यो की कुटुम्ला जस्तो गर्दो रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र चुप लागेर जाऊ नत्र ठिक हुदैन” भन्दै उल्टै थर्काए मलाई पनी भन्दै माईक्रोमा रहेका एक वृद्ध पनी गुनासो गर्दै थिए । उनले भने ।

यात्रुहरु होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार र धम्की सहनुपरेको सर्वसाधारण यात्रु चितवनका केशव बस्नेतले बताए । उनका अनुसार चालक र होटल मालिकको मिलेमतोमा यात्रु ठग्ने गरेको छ ।

‘सधैं यहीँ बाटो हिडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ । होटलवालालाई महँगो भयो ? खाना चिसो रहेछ नी ? भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ, बोल्नै पाइँदैन । नखाए के खाने,’ पोखराका सुरेन्द्र लामिछानेले भने । पृथ्वी राजमार्गको सिम्लेस्थित नमस्ते नेपाल होटलले सादा खानाको एक सय ५० रुपैयाँ मूल्य पर्ने भनेर भित्तामा सूचना टाँसेको छ, तर एक सय ८० रुपैयाँ लिइरहेको होटल सञ्चालक नै स्वीकार गर्छन् ।

प्रायः जसो धादिङ–काठमाडौं चल्ने गाडी रोकिने गरेको साथीभाइ खाजाघरले एक प्लेट चनाको ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ । पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको भेटिएको छ ।

प्रस्तुती : विवेक अर्याल

प्रतिकृया

प्रतिकृया