२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस जाँदैछन्। देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

२७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्ने छन् ।

त्यसैगरी ३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको छ । सभामा सरिक भई  प्रधानमन्त्री देउवा ३० गते नै काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीका वरिष्ठ सञ्चारविज्ञ गोविन्द परियारले हेडलाईन नेपाललाई बताएका छन् ।

प्रदेश २ का १३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।

प्रतिकृया

प्रतिकृया