२ अश्विन,काठमाडौँ । प्रदेश नम्बर २ मा सोमबार स्थानीय तहको चुनाव भइरहेकाले २ नम्बरसहित पूर्वी क्षेत्रका लामो दूरीका गाडी चलेका छैनन् ।

२ नम्बर प्रदेशका आठ जिल्लासहित १५र१६ जिल्लामा लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार २ नम्बर प्रदेशहुँदै पूर्व जाने सिन्धुली, उदयपुर, सुनसरी, झापा, मोरङ पाँचथर, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लाबाट काठमाडौं आउने जाने गाडी रोकिएका छन् । यी जिल्लामा दिवा सेवाका गाडी नचले पनि रात्रिकालिन गाडी भने चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया