१९ आश्विन,काठमाडौँ । विश्व फुटबलका उत्कृष्ट खेलाडीले पाउने सम्मानित बालोन डी’ओर २०१७ का लागि मनोनयनमा पर्ने खेलाडीको नाम चाँडै नै सार्वजनिक हुँदैछ । बोलोन डी’ओर व्यक्तिगत रुपमा खेलाडीले पाउने त्यो अवार्ड हो, जसले आधिकारिक रुपमा वर्षमा एउटा खेलाडीलाई उत्कृष्ट घोषित गर्छ ।

यो अवसर पाउन फुटबलका उत्कृष्ट खेलाडी लालायित रहन्छन् । तर पछिल्लो ९ वर्षदेखि यो अवार्डमा दुई खेलाडीको मात्रै नाम लेखिएको छ, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो ।

सन् २००८ देखि यो अवार्ड बार्सिलोना स्टार लियोनल मेस्सी या त रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डोले जितेका छन् । यी दुवै खेलाडी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन्, यसमा कुनै विवाद छैन ।

तर उनीहरु बाहेक पनि यो समयमा उत्कृष्ट खेलाडी छन्, जसले आफ्नो खेल कौशलले फुटबललाई सुन्दर बनाएका छन् ।
एक दशकसम्म दुई खेलाडीले मात्रै व्यक्तिगत विधाको सम्मानित अवार्डमा राज गर्दा यहि समयका अरु उत्कृष्ट खेलाडी छायामा परेको जस्तो भने पक्कै देखिएको छ ।

रोनाल्डोले अहिलेसम्म सन् २००८, २०१३, २०१४ र २०१६ गरी चारपटक अवार्ड जितेका छन् भने मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ गरी पाँचपटक अवार्डमा नाम लेखाएका छन् ।

सन् २०१७ का लागि खेलाडीको मनोनयन सार्वजनिक हुने समय नजिकिँदै गएका बेला रेड्डिटका प्रयोगकर्ता मात्रिम पानद्रागले रोनाल्डो र मेस्सीको एकलौटी सुरु भएको सन् २००८ देखिकै विजेताको विषयमा सर्वेक्षण गरे । उनले यो सर्वेक्षणमा रोनाल्डो र मेस्सीलाई बाहेक त्यो समयका उत्कृष्ट खेलाडीको नाम समावेश गरेका थिए ।

ला लिगाका दुई गोल मेसिन नभएको भए यी ९ वर्षमा विभिन्न सात खेलाडीले वर्षको उत्कृष्ट खेलाडी बन्ने मौका पाउने नतिजाले देखाएको छ ।

२००८

बालोन डी’ओर–फर्नान्डो टोरेस (लिभरपुल)
दोस्रो स्थानः इकर कासिलास (रियल मड्रिड(
तेस्रो स्थानः जाभी (बार्सिलोना)
(वास्तविक विजेताः क्रिष्टियानो रोनाल्डो, दोस्रो स्थानः मेस्सी(

२००९

बालोन डी’ओर–जाभी (बार्सिलोना)
दोस्रो स्थानः आन्द्रेस इनिएस्टा (बार्सिलोना)
तेस्रो स्थानः सामुएल इटो (बार्सिलोना र इन्टर मिलान)
(वास्तविक विजेताः मेस्सी, दोस्रो स्थानः क्रिष्टियानो रोनाल्डो)

२०१०

बालोन डी’ओर–जाभी (बार्सिलोना)
दोस्रो स्थानः वेस्ली स्नेइज्डर (इन्टर मिलान)
तेस्रो स्थानः डिएगो फोर्लान (एथ्लेटिको मड्रिड)
(वास्तविक विजेताः मेस्सी, क्रिष्टियानो रोनाल्डो छैटौं स्थानमा)

२०११

बालोन डी’ओर–जाभी (बार्सिलोना)
दोस्रो स्थानः आन्द्रेस इनिएस्टा (बार्सिलोना)
तेस्रो स्थानः वायने रुनी (म्यानचेस्टर युनाइटेड)
(वास्तविक विजेताः मेस्सी, दोस्रो स्थानः क्रिष्टियानो रोनाल्डो)

२०१२

बालोन डी’ओर–आन्द्रेस इनिएस्टा (बार्सिलोना)
दोस्रो स्थानः जाभी (बार्सिलोना)
तेस्रो स्थानः राडमेल फाल्काओ (एथ्लेटिको मड्रिड)
(वास्तविक विजेताः मेस्सी, दोस्रो स्थानः क्रिष्टियानो रोनाल्डो)

२०१३

बालोन डी’ओर–फ्र्यांक रिबेरी (बार्यन म्युनिखं)
दोस्रो स्थानः जाल्टन इब्राहिमोविच (पिएसजी)
तेस्रो स्थानः नेइमार (सान्तोस र बार्सिलोना)
(वास्तविक विजेताः रोनाल्डो, दोस्रो स्थानः मेस्सी)

२०१४

बालोन डी’ओर–म्यानुएल नुएर (बार्यन म्युनिख)
दोस्रो स्थानः अर्जेन रोबिन (बार्यन म्युनिखं)
तेस्रो स्थानः फिलिप लाहम (बार्यन म्युनिख)
(वास्तविक विजेताः रोनाल्डो, दोस्रो स्थानः मेस्सी)

२०१५

बालोन डी’ओर–नेइमार (बार्सिलोना)
दोस्रो स्थानः रोर्बट लेवान्डोस्की (बार्यन म्युनिख)
तेस्रो स्थानः पउल पोग्बा (युभेन्टस)
(वास्तविक विजेताः मेस्सी, दोस्रो स्थानः क्रिष्टियानो रोनाल्डो)

२०१६

बालोन डी’ओर–एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड)
दोस्रो स्थानः लुइस स्वारेज (बार्सिलोना)
तेस्रो स्थानः नेइमार (बार्सिलोना)
(वास्तविक विजेताः रोनाल्डो, दोस्रो स्थानः मेस्सी)

यसरी हेर्दा रोनाल्डो र मेस्सी नभएको भए पछिल्लो ९ वर्षमा फर्नान्डो टोरेस, जाभी, आन्द्रेस इनिएस्टा, फ्र्यांक रिबेरी, म्यानुएल नुएर, नेइमार र एन्टोनी ग्रिजम्यानले बोलोन डी’ओरमा आफ्नो नाम लेखाउन पाउने थिए ।

एजेन्सीको सहयोगमा

प्रतिकृया

प्रतिकृया