२० असोज, पाल्पा । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेसले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने एक मात्र उम्मेदवार सन्दिप रानाको नाम सिफारिस भएको छ ।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को १ बाट एकजना मात्र देवराज ढकालको नाम सिफारिस भएको छ । ढकाल वर्तमान जिल्ला उपसभापति हुन्।

प्रदेश सभाको समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई र रुपा विकको नाम सिफारिस भएको छ ।

प्रदेश सभाको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराईको नाम सिफारिस भएको नेपाली काग्रेस पाल्पाले जनाएको छ ।

समानुपातिकतर्फ विष्णु कुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ मा हरिप्रसाद नेपाल, राजन प्रसाद पन्त, विरबहादुर राना र डा. रामप्रसाद ज्ञवालीको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभामा क्षेत्र नम्बर २ मा सिफारिस हुने नेपाल वर्तमान सांसद, पन्त पूर्व केन्द्रीय सदस्य , राना वर्तमान जिल्ला सभापति र ज्ञवाली पुराना नेता हुन् ।

समानुपातिकतर्फ विधान श्रेष्ठ, वसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस भएको छ ।

प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ को १ बाट सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी, हिमालदत्त श्रेष्ठ, सरश्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ अजयमान कर्माचार्य, लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहन प्रसाद श्रेष्ठ, यादवसिंह कार्कीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को २ नम्बरमा प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमार्झी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुवर, पदम न्यौपाने, मदन आचार्य, रामचन्द्र पाण्डे, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम कांग्रेस पाल्पा केन्द्रमा पठाएको छ

प्रतिकृया

प्रतिकृया