२१ असोज,  धादिङ। धादिङको धुनिबेशी ५ मा सुरु भएको प्रथम धुनिबेशी गोल्डकपको पहिलो खेल न्यू स्टार क्लब महादेबबेशीले जितेको छ ।

पुरानो धार्केको खेल मैदानमा भएको खेलमा आयोजक धुनिबेशी युवा क्लब ए लाई न्यू स्टार क्लबले ३ गोलले पराजित गरेको हो । खेलमा धुनिबेशी युवा क्लब ९ए० ले कुनै पनि गोल गर्न सकेन । खेलमा न्यू स्टार क्लब महादेबबेशीका दिपक लामा म्यान अफ दि म्याच घोषित भएका छन्।

धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजनामा भएको खेलको उद्ध्घाटन धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यले गरेका हुन् ।

नगर प्रमुख आचार्यले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि यो गोल्डकपले महत्वपुर्ण भुमिका खेल्ने भन्दै खेलको विकास र विस्तारको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

धुनिबेशी नगरपालिका सहआयोजक तथा मुख्य प्रायोजक रहेको छ । धुनिबेशी गोल्डकप मुल आयोजक समितिले भोलि बिहान ८ बजे रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब, दिउँसो १ बजे चालिसे युथ क्लब र प्याराडाईज क्लब यस्तै दिउँसो साँढे ३ बजे पुरान डाँडा क्लब र दिप ज्योति क्लब बिच खेल हुनेछ ।

फुटबल प्रतियोगितामा धादिङ जिल्ला भित्र र जिल्ला बाहिरका गरी २८ ओटा टिमको सहभागिता रहेको धुनिबेशी गोल्डकप मुल आयोजक समितिका सँयोजक दिनेश रुपाखेतीले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया