२२ असोज, काठमाण्डौं । शनिबार राति भएको विश्वकप २०१८ को युरोप क्षेत्रको छनौट खेलमा एन्डोरालाई २–० ले हराउँदै पोर्चुगलले विश्वकपमा सिधै छनौट हुने सम्भावना कायमै राखेको छ ।

सब्स्टिच्यूटका रुपमा मैदानमा आएका रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

एन्डोराविरुद्धको खेलमा ८० प्रतिशत बल पोसेसन कायम गरेको पोर्चुगलका लागि ८६ औँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका थिए ।
समूह ‘बि’ मा स्वीट्जरल्याड आफूले खेलेका नौ खेल जित्दै २७ अंकका साथ शीर्ष स्थानमा छ । पोर्चुगल २४ अंकका साथ दोस्रो स्थानमा छ । यदि पोर्चुगलले मंगलबार हुने खेलमा स्वीट्जरल्याण्डलाई हराएमा समूह विजेता बन्दै सोझै विश्वकपमा छनौट हुनेछ ।

यदि स्वीट्जरल्याण्डसँग हारेमा वा बराबरी खेलेमा भने पोर्चुगल समूह उपविजेता बन्दै प्ले–अफ खेल्नुपर्नेछ । तर स्वीट्जरल्याण्डले भने पोर्चुगलसँगको खेलमा बराबरी खेलेमा मात्रै समूह विजेता बन्दै विश्वकप २०१८ का लागि छनौट हुनेछ ।

प्रतिकृया

प्रतिकृया