२२ आश्विन,धुनिवेशी । धादिङको धुनिबेशी ५ मा जारी प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत आज तिन खेल सम्पन्न भएको छ ।

पुरानो धार्केको खेल मैदानमा बिहान रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब बिच बिहान भएको पहिलो खेल बाईरोड युथ क्लबले जितेको छ ।

बाईरोड युथ क्लबका सागर लामा र रोयल ब्रदर्श क्लबका रोशन लामाले समान १–१ गोल गरेपछि खेल बराबरी भएको थियो । खेल बराबरी भएपछि टाईब्रेकरमा रोयल ब्रदर्श क्लबलाई २ को विरुद्ध ३ गोल गरि बाईरोड युथ क्लब विजयी भएको हो । खेलमा गोररक्षक सुदेश साउद म्यान अफ दि म्याच घोषित भए ।
यस्तै दिउँसो भएको खेलमा गर्दै चालिसे युवा क्लब विजयी भएको हो । क्लबका तर्फबाट ऋषि आचार्यले २ गोल र रञ्जित रिजाल, शुसान्त श्रेष्ठ, व्रिजेश थापाले समान १–१ गोल गरेका छन् । खेलमा ऋषि आचार्य म्यान अफ दि म्याच घोषित भए ।


यस्तै दिउँसो नै भएको अर्को खेलमा दिप ज्योती युवा क्लब विजयी भएको छ । दिप ज्योती युवा क्लब र पुरानडाँडा युवा क्लब बिच भएको खेलमा समान २–२ गोल भएपछि टाईब्रेकरमा पुरानडाँडा युवा क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै दिप ज्योती युवा क्लब विजयी भएको हो ।

खेलमा दिप ज्योतीका शिशिर आचार्य म्यान अफ दि म्याच घोषित भएका छन् ।

धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजनामा भएको फुटबल प्रतियोगितामा धादिङ जिल्ला भित्र र जिल्ला बाहिरका गरी २८ ओटा टिमको सहभागिता रहेको छ ।

प्रतिकृया

प्रतिकृया