२५ असोज, काठमाण्डौं । काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतम पक्राउ परेका छन् । स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उनको झोलामा उक्त नगद फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया

प्रतिकृया