२५ असोज, काठमाण्डौं । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियनस (एन प्याब्सन) को छैटौं राष्ट्रिय महाधिवेसन कात्तिक १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।

एसोसियसनले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।महाधिवेसन चितवनको सौराहामा सञ्चालन हुनेछ। महाधिवेसनले तीन वर्षका लागि नयाँ काय समिति चयन गर्नेछ।
पत्रकार सम्मेलनमा एसोसियनसका अध्यक्ष कर्णवहादुर शाहीले भमहाधिवेसन मार्फत एसोसियसनको प्रदेश स्तरिय कार्य समिति समेत चयन गर्ने जानकारी दिए।

महाधिवेसनमार्फत एसोसियसनले विद्यालय तहको शिक्षा स्थानीय तहमा गएको सन्दर्भमा यस्ता अधिकारको सही प्रयोग गर्न जना प्रतिनिधीलाई सुझाव दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

महाधिवेसनमा संघीयतामा विद्यालय शिक्षा तथा निजि क्षेत्रबाट प्रद्यान गरिंदै आएको शिक्षाको भूमिका, विद्यालय तहको शिक्षाको शुल्क निर्धारणका लागि वैज्ञानिक मापदण्ड निर्धारण, विद्यालय तहको हाल कायम गरिएको एक बाह्रको संरचना कार्यानवयन लगायतका विषयमा छलफल गरिने एसोसियसनका वरिष्ठ उपाध्यक्ष जगदीश वलीले जानकारी दिए।

अर्का वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारीले दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त भएका निजि विद्यालयको पुन निर्माणको लागि थोरै ब्याजदरमा राज्यबाट ऋण उपलब्ध गराउनुपर्ने विषयमा पनि छलफल हुने बताए।

भूकम्पबाट मुलुकभरका चार सय भन्दा धेरै निजी विद्यालय क्षतिग्रस्त भएको संस्थाको दावी छ।

प्रतिकृया

प्रतिकृया