२५ असोज, काठमाण्डौं । सरकारले माथेमा कार्यदलको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएको छ ।

सात दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीका माग बारे वार्ता गर्न गठिन सरकारी वार्ता टोलीले माथेमा कार्यदलको भावना अनुसार नै चिकित्सा विधेयक आउने भन्दै केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

केसीका अरु मागका बारेमा सरकारी वार्ता टोलीले आन्तरिक छलफल गरिरहेको सरकारी वार्ता टोलीका सदस्य किरण रेग्मीले जानकारी दिए।

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्नेलगायत माग राख्दै केसी अनशनमा बसेका छन् ।

गएको बिहिबारदेखि १३ औं पटक अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

केसीका माग बारे वार्ता गर्न सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्याय संयोजक र शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा। किरण रेग्मी सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

डाक्टर केसीका तर्फबाट डाक्टर वाइपी सिंह, डाक्टर जीवन क्षेत्री र डाक्टर अभिषेक सिंह सम्मिलित टोली गठन भएको छ ।

स्रोतका अनुसार संसदमा नेकपा एमालेले विधेयकमा विरोध नजनाए भोलि नै डा. केसीको माग बमोजिम विधेयक पास हुनेछ । तर एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले माथेमा कार्यदलका सबै बुँदा पालना गरेर विधेयक पारित गर्न नसकिने अडान राखेको श्रोतको दावी छ ।

प्रतिकृया

प्रतिकृया