२०५२ सालमा धादिङको धुनवेशी कार्तिकेमा जन्मिएका सन्तोष लामिछाने अखिल क्रान्तिकारीका एक होनाहार युवा नेता हुन् । जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरमा क्रान्तिकारी अध्यक्षसमेत रहेका उनी नेपाली विद्यार्थी आन्दोलनका एक हस्ती पनि हुन् । सरल, सहयोगी स्वभाव उनको विशेषता हो । विद्यार्थी राजनीति सँगै आफनो व्यवसायमा पनि सक्रिय उनी भावी पार्टी नेतृत्वको एक सम्भाव्य नेताको रुपमा चित्रित छन् । प्रस्तुत छ उनै लामिछानेसँग गरिएको कुराकानी :

बिद्यार्थी राजनीतिमा आउनु भएको कति समय भयो ?

म औपचारिक रुपमा बि.स. २०६७ सालमा श्री महाङ्कालेश्वरी माबि धादिंग जीवनपुर स्कुल कमिटिको अखिल क्रान्तिकारीको अधक्ष्य नै मेरो राजनीति जीवन को सुरुवात थियो | ६ बर्षको समयबधिमा आज म बिद्यार्थी राजनीतिको काठमान्डू क्याम्पस जिल्ला सदस्य र जनमैत्री बहुमुखी क्याम्पस कुलेस्वरको अध्यक्ष को रुपमा नेतृत्त्व गरि रहेको छु |

बिद्यार्थी राजनीति बाहेक तपाइको भूगोलमा राजनैतिक क्रियाकलाप कस्तो छ ?

-बिद्यार्थी राजनीति संगै मैले भौगोलिक राजनीतिलाइ पनि महत्त्वका साथ अगि बढाइ राखेको छु | अध्ययनरत युवाहरु बिद्यार्थी राजनीतिमा आउने तर क्याम्पस हातामा मात्र अल्झने, शैक्षिक मुदा लाइ मात्र प्राथमिकता दिने गरेका छन् | जस कारण पढे लेखेका युवाहरु भूगोल संग कमै मात्रामा सम्पर्क हुने मैले पाएको छु | हुन त हाम्रो पार्टीको फरक फरक मोर्चा छन तर पनि चेतनशील बिद्यार्थी नेताहरु भूगोलमा जोडिनु पर्छ जसले संगठन थप गतिशील बन्न पुग्छ | यसैको प्रयाश स्वरूप म ने.क.पा माओबादि केन्द्र धादिंग धुनी बेसी नगरपालिका वार्ड नम्बर ३ को सचिब भएर पार्टी र जनताको लागि खटिरहेको छु |

अहिलेको बाम एकतालाई कसरि हेर्नु भएको छ ?

अहिलेको बाम एकता आवश्यकता र बाध्यता बीच आएको महत्त्वपूर्ण धुर्बिकरण हो | हामि युवा हरुको लागि स्वर्णिम अवसर पनि हो | लामो समय देखि एकताको बिषयमा छलफल र चरण बद्ध बार्ता मात्र भएका थिए तर सार्थकता भने पाएको थिएन | पछिलो समय नेपाली राजनीतिलाई सकारात्मक रुपमा तरंगित पार्दै नेपालका प्रमुख कम्युनिस्ट शक्तिहरु एक ठाउँमा आएर रुपान्तरण सहितको कम्युनिस्ट पार्टी बनाउने साझा सहमतिमा पुगे | बाम एकताले युवालाइ थप उत्साहित पारेको मैले अनुभव गरेको छु | टुटफुट, बादबिबाद र आफ्नै स्वार्थमा अल्झिएका कम्युनिष्ट पार्टीहरुको फाइदा प्रतिक्रियाबादी तथा दक्षिणपन्थीलाइ हुन पुग्यो | जसको परिणाम स्वरूप देशले स्वाधीनता, राष्ट्रियता र सार्बभौमिकताको गतिलो शास फेर्न पाएन | देश कुनै न कुनै शक्ति केन्द्रको रिमोट निशाना बन्यो | यी सबै नकारात्मक अवस्थालाई पाखा लगाउन समृदि र बिकाश अनि सामाजिक न्याए सहितको समाजवादको लक्ष्यमा पुग्न इमान्दारिताका साथ जुन प्रकारको बाम गठबन्धन तथा तालमेल देखिन्छ यो औचित्य पूर्ण र लक्ष्य केन्द्रित छ |

नेपालमा अहिले भएको कम्युनिस्ट एकता के दिगो हुन सक्ला ?

– कम्युनिष्ट पार्टीहरुको एकता आजको महत्त्वपूर्ण आवश्यकता हो | रुपान्तरित कम्युनिष्ट पार्टी र समाजबाद आजको आवश्यकता हो | राष्ट्रिय स्वाधिनता र भ्रस्टाचार मुक्त समाज आजको अपरिहार्य बिषय हो | यदि यो एकतालाई पद, पैसा र प्रतिष्ठा अनि स्वार्थमा लाभ प्राप्त गर्न खोजियो भने बाम एकताको पक्षमा भएको गठबन्धन र धुर्बिकरण कागजी सहमतिमा मात्र सिमित हुन पुग्दछ | कम्युनिष्ट एकता दिगो हुन सक्ने अर्को कुरा के हो भने यो एकता कसैको बिरुद्ध हतार र दबाबमा ,आएको होइन, यो ठुलो छलफल, अन्तरक्रिया, बहस र आवश्यकता बीच आएको निष्कर्ष हो | यो त नेपाली सर्बहारा बर्गको जनमत र जनादेशको उच्च सम्मान हो | कम्युनिष्ट सिदान्त बोकेका जनताहरु एउटै कम्युनिष्ट पार्टी देख्न चाहन्थे तर लामो समय देखि त्यस्तो हुन सकेन | जनता आजित बन्दै गए र परिणाम स्वरूप देशको स्वाधीनता, राष्ट्रियता र स्वतन्त्रता माथि प्रत्रिकृयाबादी, दलाली, दक्षिणपन्थीको निशाना बन्यो | यो परिस्थिति बाट देशलाई बचाउन र संबिधान कार्यानयन सहित अगि बढ्न कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएर अगि बढ्ने सहमति गरेका छन | जुन यसलाई इमान्दारिता पुर्बक बैमानी नगरिकन सामाजिक न्याए, बिकाश र सम्बृदिको बाटोमा समाजबाद लागु गर्न रणनैतिक र कार्यनैतिक योजना सहित अगि बढे भने कम्युनिष्ट पार्टीको एकता सम्भव छ र यो दिगो पनि हुन्छ तर ब्यवाहारिक र बैचारिक तथा सैदान्तिक पक्षलाई भने बलियो बनाउनु पर्दछ ,जसको अभाव मा पुन टुटफुट ब्यहोर्न नपरोस | एकतालाई दिगो र सफल बनाउन हाम्रो अभियान जारि रहन्छ |

तपाई त युवा ब्यबसायी पनि हुनु हुनुहुन्छ,राजिनिती र ब्यबसायको लागि कसरी समय म्यानेज गर्दै हुनुहुन्छ ?

म आफ्नै सानो ब्यबसायमा पनि सामेल छु | समयको बदलिदो ब्यबसायिक वातावरण र गतिशील राजनैतिक बिकासलाई उपयोग गर्दै आफु परिपक्क बन्नु मेरो लागि महत्वापूर्ण छ | व्यवस्थित ब्यबसाय बिना राजनीति गर्दा आउने आर्थिक तथा सामाजिक समस्यालाइ हल गर्न पनि मैले प्राथमिकताका साथ् राजनीति र ब्यबसाय अगि बढाउनु पर्यो | ब्यबसाय संगै सामाजिक उत्तरदायित्त्व बहन गर्दा राजनैतिक बिकाश संग – संगै हुने अनुभव गरेको छु | आवश्यकता अनुसार ब्यबसाय र राजनीति अगि बढी रहेका छन | जस बाट म आत्मनिर्भर बन्ने कोसिश गर्दै छु |

धेरै युवाहरु बिदेशिनु पर्ने बाध्यता यसलाई नेपालमानै रोजगारी सिर्जना गरि देश बिकाश लगाउन सकिदैन ?

हाम्रो देशको प्रमुख समस्या भनेको युवा जनशक्ति पलायन रहरमा बिदेशिनु पर्ने युवा आज बाध्यता बिदेशिनु परेको छ |नेपालको राजनैतिक अस्थिरता यसको मूल जड हो | सकारात्मक सोच को अभाब अर्को समस्या हो | नेपालमा बिकासको प्रसस्त सम्भावना छन् | तिनको बिकाश ब्यबस्थापन तालमेल नमिल्दा युवा पलायन बढ्दो क्रममा छ | अर्को कुरा युवा जमात नेपालमै एक हजार कमाएर, माटो को मालिक बन्नु भन्दा लाखौ कमाएर प्रदेशको नोकरी बनेको अवस्था छ | यो युवाको बाध्यता हो र बाध्यता मात्र नभई राजनैतिक अस्थिरताको परिणाम पनि हो | राजनीति देशको ब्रेन (दिमाग) हो भने युवा देशको इन्जिन हो |ब्रेनमा गडबढी हुदा इन्जिन स्व्भाभैले कार्य बिमुख हुन पुग्छ | विदेश पलायन समस्याको हल भनेको उचित राजनैतिक स्थिरता र ब्यबसायीक वातवरणको निर्माण हुन सक्छ | युवा सहभागिता मुलक बिकाश आजको आवश्यकता हो | अब देश बिस्तारै राजनीतिक स्थिरता तिर अगि बढेको छ | संबिधानको कार्यनयन, स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि देश नया शिराबाट अगि बढ्छ | संगसंगै देशमा फुट्ने बिकास र निकाशको मुहानले पक्कै पनि पलायन युवा शक्ति नेपाल आउन तयार हुन्छन | जस बाट देशको ब्रेन र इन्जिन बिकाशमा अगि बढ्न सक्छ | जसको पछिलो सुरुवाती चरण भनेको बाम एकता धुर्बिकरण हो |

हामी अवसर र चुनौतिको बाटोमा छौ | देश संबिधान कार्यानयान र चुनावी माहोल तिर अगि बढी रहदा, राजनैतिक स्थिरताको अनुभव आम नेपाली जनताले गर्दै छन् | सामाजिक न्याय, भ्रष्टाचार मुक्त समाज, स्वतन्त्र , स्वाधीनता, राष्ट्रियता र बाम एकता सहित समाजवाद निर्माणको विकल्प छैन | हामी एकता र सम्रिदिको नारा बोकेर जनताको झुपडी सम्म जानुको विकल्प छैन | अबको चुनावमा तपाई – हामी परिवर्तन र अग्रगामी सोच बोकेका आम नेपालीहरु बाम एकताको पक्षमा मतदान गर्नुको कुनै विकल्प छैन र बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजय गराउनु हुन हार्दिक अपिल गर्दछु |

प्रतिकृया

प्रतिकृया