२६ असोज, काठमाण्डौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराले राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टी अब छिट्टै एक हुने बताएका छन्।

बिहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै जबराले सो कुराको जानकारी दिएका हुन्। ‘राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुन्छ’उनले भने ।

उनले पार्टी एकता हुने कुनै निश्चित मिति भने तोकेका छैनन्।

गत साउन २२ गते पशुपतिशम्शेर जबरासहितका नेताहरूले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० फुटाएर नयाँ पार्टी राप्रपा प्रजातान्त्रिक दर्ता गराएका थिए।

पार्टी फुटेको २ महिनापछि फेरि पार्टी एकता गर्ने पक्षमा अध्यक्ष जबरा छन्।

प्रतिकृया

प्रतिकृया