नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को महाधिवेशन नजिकिंदै छ । टानको पूर्व महासचिव मोहन लम्सालले  टानमा आफ्नो उमेद्वारी घोषणा गर्ने तयारी गरेका छन् । टानको नेतृत्वमा उमेद्वारी दिन पूर्वमहासचिव लम्सालले आफ्ना केके योजना अघि सारेका छन्, अव टानमा कस्तो नेतृत्व आउनु आवस्यक छ, तथा टानका लागि आफ्नो भावि रणनीति के छ जस्ता विषयमा उनै लम्सालसँग हेडलाईन नेपालले कुराकानी गरेको छ । हेरौ टानका पूर्वमहासचिव मोहन लम्सालसँगको कुराकानी :

टानको अधिवेषन नजिकिँदै छ, तयारी कस्तो भईरहेको छ तपाईंको ?

– टानको अधिवेशन नजिकिसकेको छ । मैले यसको तयारी गरिरहेको छु । मलाई माया गर्ने, मेरा शुभचिन्तकहरु, साना ठुला व्यवसायीहरुसँग भेटेर, फोनबाट तथा सामाजिक सञ्जाल प्रयोग गरेर कुरा गरिरहेको छु । उहाँहरु एकदमै सकारात्मक हुनुहुन्छ । उहाँहरुले भन्नुहुन्छ, तपाईंजस्तो पुरानो, अनुभवि व्यावसायी, महासचिव हुँदा तथा कोषाध्यक्ष हुँदा गरेका महत्वपूर्ण कामहरु सबैलाई थाहा छ । तपाईं जस्तो अनुभवी मानिस आउनुपर्छ । हामी यो पार्टी उ पार्टी भन्दा पनि तपाईंलाई नै हामी सहयोग गछौं भनेका छन् । मलाई विश्वास छ, उहाँहरुले मैले गरेका कामलाई हेरेर मलाई पूर्ण रुपमा सहयोग गर्नुहुन्छ ।

तपाईंले आफु उमेद्वार गर्ने सोच किन ल्याउनु भयो ? नेतृत्वमा तपाईं नै किन चाहियो, अरु आउँदा हुन्न ? ?

– म नै किन चाहियो भन्ने प्रश्नमा, नं १. ,मेरो लामो अनुभव छ, जुन क्षेत्रको व्यवसायी अनुभवी हुन्छ, त्यस व्यवसायीले सबै व्यवसायको समस्या बुझेको हुन्छ । त्यो समस्यालाई हामीले सरकारसँग डिल गर्न सक्छौं । नं. २. ,म विगतका कार्यसमितिमा दिपक महतको पालामा सदस्यमा, नरेन्द्र विसीको पालामा कोषध्यक्षमा, महेन्द्र सिंह थापा अध्यक्षमा हुँदा महासचिवमा थिए । टानलाई कुशलतापूर्वक सञ्चालन गर्न योगदान गरिसकेको र टानलाई नजिकसँग बुझेकोले म नेतृत्वमा जानुपर्छ भन्ने लाग्छ । नं ३., सरकारसँग विगतका कार्यसँग बस्दा लविङ गर्ने, सरकारी कर्मचारीहरु लगायत व्युरोक्यासीलाई कन्भिन्स गर्ने पावर मैले त्यहाँ देखाईसकेको छु । त्यसकारण नेतृत्वमा म जानुपर्छ भन्ने लाग्छ ।
टानमा काम गर्ने भन्दा पनि गुटको राजनीति बढि भईरहेको छ। यो विकृतिलाई हजुरले कसरी हटाउनुहुन्छ ?

– यो विकृतिलाई जसरी पनि हटाउनुपर्छ । यसलाई म एक्लैले हटाउने भन्ने कुरा पनि हुँदैन । हाम्रो यो विजिनेस संगठनमा अलि बढि राजनीति खिचातानी भएको छ । र भैझगडा भयो । त्यो यिवषयमा पनि म महासचिव हुँदा आफ्नो कुशलता देखाईसकेको छु । त्यतिबेला पनि हामी तिनचार ओटा पार्टी नजिकका साथीहरु गएका थियौं । पटकपटक विवाद हुँदा विवाद महासचिवकै थाप्लोमा आउँथ्यो र मैले सबै मिलाएर देखाको थिएँ । त्यतिबेला पनि हामीले प्रशस्तै काम गरेका छौं । टानकै ईतिहासमा १० ओटा ट्रेकिङ रुट बनायौ। जुन मेरै आईडियामा थियो । त्यसकारण म क्यापेवल छु । मलाई आत्मविश्वास छ । अरु साथीभन्दा मैले कार्यकुशलता प्रदान गर्न सक्छु ।

यदि तपाईंले नेतृत्वको जिम्मा पाएको खण्डमा टानको पोलिसीहरु कसरी अगाडी लैजानुहुन्छ ?

-टानको पोलिसिमा अहिले धेरै सुधार गर्नुपर्छ । व्यवसायमा झन्झटहरु बढ्दैगएको छ, यसलाई हामीले हटाउनुपर्छ । कानुनहरु संशोधन गर्नुपर्छ । लबिङ गर्नुपर्छ ।

अहिले जुन अवस्थामा टान अघि बढिरहेको छ, यहि अवस्थामा यसको भविस्य कस्तो देखिन्छ ?

– कार्यसमितिमा रहेको साथीहरुको चित्त दुख्ला । हामीले आलोचना गरेको जस्तो हुन्छ , मैले आलोचना गरेको होईन । अहिले सुन्नमा आएको टानको आर्थिक अवस्था साह्रै अप्ठ्यारो स्थीतिमा छ, हिजो हामीले छाडेको समयमा भन्दा । यो धरासायी अवस्थालाई हामीले मेहनत गरेर उठाउने हो । आर्थिक अवस्था धरासायी भए पनि हामीले नयाँ आईडियाहरु ल्याएर आर्थिक संकलन गरिन्छ । अहिले टानसँग सहकार्य गर्न थुप्रै आईएनजिओहरु लालायीत छन् । यीनीहरुसँग पनि सहकार्य गरेर टानको अवस्था माथि उठाउन सक्छौं ।

पछिल्लो समयमा अहिलेको कार्यसमितिको कार्य ‘स्लो’ भएको हो, तपाईँहरुको कार्यकालमा भन्दा ?

– यो अब मैले भन्नुभन्दा पनि तपाईं पत्रकार मित्रहरुले औल्याईदिनुपर्ने कुरा हो । कसको कार्यकालमा केकति काम भए त्यो औल्याउने बाहिर बस्नेहरुले हो । तर आम पत्रकारहरुले मलाई भन्नुहुन्छ, तपाईंहरुको कार्यकालमा जसरी आजकल काम भएको छैन । यो मलाई फुर्काउन भन्नुभयो या साँच्चै भन्नुभयो उहाँहरुकै कुरा हो ।

अन्त्यमा, तिहार पनि आईसक्यो, तपाईंको टानको अधिवेशन पनि आईसक्यो , के भन्न चाहनुहुन्छ ?

– सर्वप्रथम देशबाशी, आमाबुबा, दाजुभाई, दिदिबहिनी तथा पर्यटन व्यवसायीहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । पर्यटन यस्तो क्षेत्र हो, विना ठुलो लगानीमा नेपालमन दुरदराजमा पर्यटक पुर्याउन सक्यौं भने निकै फाईदा हुन्छ । यसले रोजगारी समेत प्रदान गर्दछ । त्यसकारण पर्यटनलाई सम्पुर्ण देशबासीले पर्यटनलाई माया दिनुहोला भन्न चाहन्छु ।

प्रतिकृया

प्रतिकृया