३ कात्तिक, ताप्लेजुङ । पाँचथरको याङवरक १ च्याङथापुको एक घरमा बिद्युत सर्ट भइ एक आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

याङवरक-१ च्याङथापुका दिननाथ अधिकारीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा बिधुत सर्ट भइ गएराती साढे १० बजे आगलागी भएको थियो ।

आगलागीबाट अधिकारीको नगद ६० हजार रुपैँया, ८ तोला सुन, ५० तोला चाँदी, भाँडावर्तन, अन्नपात र लताकपडा जलेर नष्ट हुँदा अन्दाजी २८ लाख ५० हजार मूल्य बराबरको क्षति भएको पाँचथर प्रहरीले बताएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिकृया

प्रतिकृया