६ कात्तिक, काठमाण्डौं । चलचित्र मखमलीको शिर्ष गीत यो मखमली आजसम्म एक्लै छे बोलको गीत चर्चामा छ ।

पार्टीमा होस या विद्यालय स्तरमा गरिने कार्यक्रममा यो गीत निकै रुचाइएको पाईन्छ । विद्यालयका हरेका कार्यक्रममा भाइबहिनीहरुले यो गीतमा आकर्षक नृत्य प्रस्तुत गरिरहेको देख्न सकिन्छ ।

गीतको लय संगीत राम्रो भएका कारण यो गीत निकै आकर्षक बन्दै गएको छ । सरल शब्द हुनुको कारण ले पनि गीत सबै को रोजाइ बनेको छ ।

नायिका शुभेच्छा थापाद्धारा निर्माण गरिएको चलचित्र मखमलीमा यो गीत समावेश गरिएको छ । चलचित्र मखमली कार्तिक ५ गते प्रदर्शनको तयारीमा रहेको छ ।

दुर्गा खरेको स्वरमा रहेको यो मखमली आज सम्म एक्लै छे बोलको गीतलाई शशी शर्माले लेखेका हुन भने अर्जुन पोखरेलले संगीत भरेका छन ।‘मखमली’मा शुभेच्छा थापा, अशोक फुयाल, दुर्गेश थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शुभेच्छा थापाको लेखन रहेको यो चलचित्रका छायाँकार बासु बराल हुन् ।

प्रतिकृया

प्रतिकृया