–   राज ढुंगाना

५ कात्तिक,काठमाडौँ । कुनैबेला यस्तो समय थियो एकले अर्कोलाई राजनितिक रुपले कसरी सिध्याउने ? २०६३/६४ तिरको कुरा गर्ने हो भने धादिङमा तत्कालिन माओवादी र एमाले विच निकै नै तिक्ततापुर्ण व्यवहार थियो । कुनै बेला त नेताको ज्यानै लिनेगरी हर्कतसम्म गरिएको परिवेश विस्तारै मित्रतामा परिणत भएको छ ।

तस्विर : राज ढुंगाना

राजनितिमा कुनैपनि अवस्था खुल्ला रहन्छ भन्ने यथार्थता अहिले आएर पुष्टि भएको छ । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा समेत एमालेलाई धादिङबाट निल्ने कांग्रेस माओवादी मिल्ने सम्मको नारा लगाएर अघि बढेको सत्तासिन गठबन्धन लामो समय टिक्न सकेन । जसको परिणाम आज ठिक उल्टो भएको छ । जिल्लाामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको रोचक प्रतिस्पर्धा हेर्न पाईने भएको छ । एकले अर्काको राजनितिक भविष्यमै धावा बोल्ने दुवै गठबन्धनका नेताहरु अंकमाल सहित आईतबार मनोनयन गर्न जिल्ला सदरमुकाम धादिङबेशीमा देखिए । प्रतिनिधि सभा र प्रदेश सभा धादिङमा देखिएको तिन किस्सा यस्तो छ ..

आफ्नो क्षेत्रमा राजेन्द्र पाण्डेको भोट जम्मकट्टेललाई

आईतबार मनोनय गर्ने क्रममा एमाले नेता राजेन्द्र प्रसाद पाण्डेले माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई ठट्यौली शैलीले भन्दै थिए-‘कुनै बेला तपाई मलाई सिध्याउन हिड्नुपर्ने अवस्था थियो आज आफ्नो क्षेत्रमा आफुलाई भोट नहालेर तपाईलाई जिताउन कम्मर कसेर लाग्नु पर्ने भो ।’ हुन पनि यतिबेला पार्टीले नेता पाण्डेलाई प्रदेश नम्बर ३ मा आगामी मुख्य मन्त्रीको दावेदार सहित धादिङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभाको लागि टिकट दिएको छ ।

तस्विर : राज ढुंगाना

यसपाली नेता पाण्डेले आफ्नो मतदाता नामावली रहेको क्षेत्र नम्बर १ (ख) मा माओवादी नेता शालिकराम जम्मकट्टेललाई प्रदेश सांसद जिताउन भोट हाल्नेछन । यतीमात्रै नभएर उनि गठबन्धनलाई जिताउन कमाण्डर नै बनेर लाग्नेछन । प्रतिनिधि सभामा पनि आफ्नै पार्टीबाट उम्मेद्धार बनेका नेता भुमि त्रिपाठीलाई भोट हाल्नेछन । एमाले जिल्ला अध्यक्ष समेत रहेका नेता त्रिपाठीले यो पाली पाण्डेलाई भोट नहाली जम्मकट्टेललाई भोट हाल्नेछन । जम्मकट्टेलाई जिताउन त्रिपाठीले सो क्षेत्रमा कम्मर कसेर लाग्नेछन ।
आफ्नो रैथाने क्षेत्र सुम्पिएर बुद्धिमान, पाख्रिनको सारथी

धादिङमा एउटै क्षेत्रका दुई प्रभावशाली नेता अहिलेका बहालवाला मन्त्री दिलमान पाख्रिन र पटक–पटक मन्त्री बनेका राप्रपाका बरिष्ठ नेता बुद्धीमान तामाङ अंगालो हालेर आईतबार धादिङबेशीमा झुल्किए । पाख्रिन र तामाङविच पनि राजनितिक हिसावले कसलाई सिध्याउने भन्ने सम्मको प्रतिस्पर्धा हुन्थ्यो कुनैबेला । तर यतिबेला उनिहरु एक भएर आएका छन । पाख्रिन धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उठेका छन भने बुद्धीमानका आफ्नै सहोदर भाई डम्बर तामाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा उठेका छन । दिलमानलाई जिताउन उनि चुनावी शारथी नै बन्ने कार्यकर्ताको दावी छ । उता डम्बरलाई प्रदेश सभामा जिताउन दिलमान चुनावी कमाण्डरको रुपमा देखिनेछन । यो पनि रोचक नै हुने निश्चित छ । बुद्धीमानले पनि यसपाली पाख्रिनलाई भोट हाल्नेछन ।

तस्विर : राज ढुंगाना

पुर्व माओवादी नेता प्रभातकिरण सुवेदी र बर्तमान माओवादी नेता शालिकराम जम्मकट्टेलको भिडन्त

प्रभातकिरण सुवेदी कुनैबेला धादिङको उद्योग बाणिज्य महासंगको शाखा चलाएका अहिलेका व्यवसायी हुन । यस्तो समय थियो, जम्मकट्टेल र सुवेदी धादिङमा सबैभन्दा निकट थिए । तर भर्खरै सम्पन्न स्थानिय निर्वाचनको समयमा माओवादी परिुत्याग गरेर कांग्रेसमा छिरेका सुवेदी अन्तत आफ्नै पुर्वसहयात्री जम्मकट्टटेलसंग चुनावी मैदानमा उत्रिएका छन । लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुवेदी क्षेत्र नम्बर १ (ख) बाट चुनावी मैदानमा उत्रिएका हुन । यो रोचक दृष्य पनि अवको केही दिनमा देखिनेछ ।

तस्विर : राज ढुंगाना

प्रतिकृया

प्रतिकृया