७ कात्तिक, काठमाण्डौं ।  चकलेटी हिरो राज आर्यन अब एक्सनमा पनि देखिने भएका छन् ।

केही साता पहिले रिलिज ‘लिला’मा रभर ब्वाइको भुमिकामा देखिएका उनी चलचित्रको असफल पछि एक्सन अवतारमा देखिन लागेका हुन् ।
‘लभ यु म्यान’ र ‘चियर्स’ जस्ता चलचित्रमा एक्सन गरेर चर्चा पाएका राजले फेरी पिएनपी मिडिया हाउसको ब्यानरमा निर्माण हुने अनटाइटल एक चलचित्रमा एक्सन गर्न लागेका हुन् ।

एक्सन अभिनयका लागि अहिले द्वन्द र बडी बिल्डिंग समेतको प्रशिक्षण आफुले लिइरहेको राजले बताए ।

एकपछि अर्काेमा अलग धारको चलचित्रमा अभिनय गर्न रुचाउने राजले सस्पेन्स थ्रिलर ‘पापी रात’, समलिंगी मनोविज्ञानमा आधारित ‘लभ यू म्यान’ र डार्क कमेडीमा ‘चीयर्स’ अभिनय गरेका थिए ।

डेढ करोड लगानीमा बन्न लागेको उक्त चलचित्रमा निर्माताको रुपमा नायक तथा कलाकार पुस्करजंग थापाले लगानी गर्ने भएका छन् । भारतमा ब्रिटिश साम्राज्यवादको युगमा भएको नेपालीहरुको सत्यघटनामा आधारित उक्त चलचित्रको स्क्रिप्ट निर्माता पुस्करजंग थापाले नै तयार पारेका हुन् ।

नेपाली चलचित्रमा बढ्दो आधुनिक प्रबिधिको प्रयोग हुन थालेसँगै यस चलचित्रमा पनि भीएफएक्स, क्यामरा वर्कस तथा एक्सन सिक्वेन्सहरुमा जोड दिइने निर्माण पक्षको भनाई रहेको छ ।

प्रतिकृया

प्रतिकृया